रानीखेत रोगको प्रकोपका कारण लाखौं कुखुरा मरे
काठमाडौं । रानीखेत रोगको प्रकोपका कारण कुखुरा उत्पादक किसान घटेका छन् । विगत ४/५ महीनायता रानीखेत रोगले देशव्यापी रूपमा क्षति पु¥याएर लाखौं कुखुरा मरेपछि अधिकांश कुखुरापालकले कुखुरा पाल्न छाडेका हुन् । रानीखेत रोग पारामेक्सो प्रजातिको भाइरसका कारण कुखुरामा लाग्ने एक प्रकारको सरुवा रोग हो ।
केन्द्रीय पशुपन्छी रोग अन्वेषण प्रयोगशाला त्रिपुरेश्वरका अनुसार यतिबेला रोग केही हदसम्म नियन्त्रणमा आएको भएपनि यसअघि त्यसले कुखुरामा पु¥याएको क्षतिका कारणले किसानहरूले फेरि कुखुरा पाल्ने आँट गर्न सकेका छैनन् । प्रयोगशालाका अधिकृत पशु चिकित्सक डा. नव श्रेष्ठले रानिखेतको क्षतिका कारण मात्रै करीब २० प्रतिशत किसानले कुखुरा पाल्न छाडेको बताए ।
रोगका कारण देशभरमा के कति क्षति भयो त्यसको यकिन तथ्यांक संकलन नभए पनि लाखौं कखुरा मरेको र त्यसबाट करोडौं रुपैयाँ क्षति भएको हुनसक्ने उनले दाबी गरे । ‘किसानलाई आर्थिक क्षति त छँदै छ त्यस सँगसँगै उनीहरू मानसिक रूपमा समेत कमजोर बनेकाले कखुरा पाल्नै डराइरहेका छन,’ उनले भने ।
केन्द्रीय प्रयोगशालामा मात्र यसअघि दैनिक १५ ओटा जति नमूना परीक्षण गर्दा १० ओटाभन्दा बढीमा रानीखेत रोगको संक्रमण देखिने भए पनि अहिले भने ५ ओटा जतिमा संक्रमण पुष्टि हुने गरेको उनले जानकारी दिए ।
यद्यपि जुन हिसाबले संक्रमण नियन्त्रण हुनु पर्ने हो त्यसअनुसार नभएको उनले बताए । यो रोग भाइरसका माध्यमबाट सर्ने भएकाले किसानले रोग देखिनुअगावै भ्याक्सिन लगाएमा आफै रोग नियन्त्रण हुन्छ । तर, भाइरसले आफ्नो स्वरूप परिवर्तन गरेको हुनाले भ्याक्सिनले पनि प्रभावकारी रूपमा काम नगर्दा समयमै नियन्त्रण गर्न नसकिएको उनी बताउँछन् ।
यो समाचार आजको आर्थिक अभियान दैनिकमा छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
ट्रम्पले दिए इरानमाथि जमिनबाट हमलाको संकेत
-
फ्रान्स नयाँ प्रशिक्षकको खोजीमा, को बन्ला डेसाम्प्सको उत्तराधिकारी ?
-
वारेन बफेटले यस वर्ष दिएनन् गेट्स फाउन्डेसनलाई दान
-
अमेरिका–इरान दुवै पक्ष फेरि पुरानै अवस्थातर्फ, युद्ध अन्त्य गर्न संघर्षरत ट्रम्प
-
प्रतिवेदन लेख्न बादल नेतृत्वको कार्यदलले गर्यो ढिलाइ
-
चार वर्ष पुग्न लाग्दा सुदूरपश्चिम प्रदेश सभाबाट १५ ऐन प्रमाणीकरण, ८ विधेयक अझै समितिमै
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण