पत्रपत्रिका
एसईईपछि मात्रै नयाँ शैक्षिक सत्र
मङ्गलबार, ११ जेठ २०७८, ०७ : १६
माध्यमिक शिक्षा परीक्षा (एसईई) सञ्चालनको टुङ्गो लागेपछि मात्र नयाँ शैक्षिक सत्रबारे निर्णय हुने भएको छ ।
एसईईले समग्र शैक्षिक कार्यक्रम नै प्रभावित पार्ने भएकाले नयाँ शैक्षिक सत्रबारे निर्णय गर्न शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालय केही समय पर्खने भएको हो ।
मन्त्रालयका सहसचिव एवं प्रवक्ता दीपक शर्माले नयाँ शैक्षिक सत्र असार देखि प्रारम्भ गर्ने निर्णय सरकारले गरे पनि कोरोना महामारीका कारण अवस्था फेरि नसक्ने बताए ।
सङ्क्रमण कसरी जान्छ भन्ने आधारमा नै धेरै कुराको टुङ्गो लाग्ने उनको भनाइ छ । एसईईबारे अध्ययन जारी एसईई परीक्षा सञ्चालन सम्बन्धमा अध्ययन गर्न राष्ट्रिय परीक्षा बोर्डबाट गठित कार्यदल अध्ययन र सुझाव सङ्कलन गर्ने क्रममै रहेको जनाइएको छ ।
यो समाचार आजको गोरखापत्र दैनिकमा छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
ट्रम्पले दिए इरानमाथि जमिनबाट हमलाको संकेत
-
फ्रान्स नयाँ प्रशिक्षकको खोजीमा, को बन्ला डेसाम्प्सको उत्तराधिकारी ?
-
वारेन बफेटले यस वर्ष दिएनन् गेट्स फाउन्डेसनलाई दान
-
अमेरिका–इरान दुवै पक्ष फेरि पुरानै अवस्थातर्फ, युद्ध अन्त्य गर्न संघर्षरत ट्रम्प
-
प्रतिवेदन लेख्न बादल नेतृत्वको कार्यदलले गर्यो ढिलाइ
-
चार वर्ष पुग्न लाग्दा सुदूरपश्चिम प्रदेश सभाबाट १५ ऐन प्रमाणीकरण, ८ विधेयक अझै समितिमै
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण