सुर्खेतमा मात्र कोरोनाबाट १३१ जनाको मृत्यु, २८७१ जना होम आईसोलेशनमा
सुर्खेत । कर्णालीका अन्य जिल्लाभन्दा सुर्खेतका कोरोना कहरको ग्राफ बढेको छ । प्रदेशको राजधानी समेत भएको र जनसंख्या पनि धेरै भएकाले सुर्खेतमा अन्य जिल्लाको तुलनामा कोरोनाको ग्राफ बढि देखिएको हो । पछिल्लो २४ घण्टामा मात्र जिल्लाभर १३२ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । जिल्लामा पहिलो र दोस्रो दुबै लहरका कोरोना पोजेटिभको संख्या १० हजार ३७९ पुगेको छ । जुन अन्य जिल्लाको तुलनामा निकै धेरै हो ।
आज परीक्षण गरिएका १५६ केशको रिपोर्ट आइनसकेको जनस्वास्थ्य कार्यालय सुर्खेतले जनाएको छ । जनस्वास्थ्य कार्यालयका अनुसार अहिलेसम्म सुर्खेतमा कोरोना संक्रमणबाट १३१ जनाको मृत्यु भएको छ । पछिल्लो २४ घण्टामा १ जनाको मृत्यु भएको छ ।
पछिल्लो केही दिन यता भने मृतकको संख्यामा भने कमी आएको छ । २ हजार ९४७ सक्रिय संक्रमितमध्ये २ हजार ८७२ जना होमअईसोलेशनमा रहेका छन् । जसमा ५३ जनाको अस्पतालमा सामान्य उपचार भइरहेको छ भने २४ जनाको आइसीयुमा उपचार भइरहेको छ ।
यस्तै ८ जनालाई भेन्टिलेटरमा राखेर उपचार भइरहेको कार्यालय स्रोतले बताएको छ । १० हजार ३७९ पोजेटिभ केशमध्ये ७ हजार ७१३ केश डिस्चार्ज गरिसकिएको जनस्वास्थ्य कार्यालयले सार्वजनिक गरेको तथ्याँकमा उल्लेख छ ।
यस्तै जिल्लाभर ४३ हजार ४४१ जनाको पीसिआर परीक्षण गरिएको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
बीमा सम्बन्धी कसुरमा मृदुला सरिया पक्राउ
-
पश्चिम एसियाको स्थिति ‘कल्पनाभन्दा बाहिर’ : महासचिव गुटेर्रेस
-
गर्मी बढ्दै जाँदा युरोपमा खडेरी गम्भीर
-
पोखरा र भैरहवा विमानस्थलः छुट छ, जहाज छैनन्
-
‘पुष्पलाल इतिहासका पानामा सीमित नाम होइनन्, राजनीतिक चेतनाको दियो हुन्’
-
मनसुनी वर्षाले निम्त्याएको बाढीका कारण ४१ जनाको मृत्यु
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण