सहायकरथी केसीको कोभिड–१९ सङ्क्रमणबाट निधन
बिहीबार, १३ जेठ २०७८, १४ : ४१
नेपाली सेनाका सहायकरथी दिनेश केसीको निमोनियासहित कोभिड–१९ संक्रमणबाट निधन भएको छ । छाउनीस्थित वीरेन्द्र अस्पताल उपचार गराइरहेका केसीको आज बिहान निधन भएको सैनिक जनसम्पर्क तथा सूचना निर्देशनालयले पुष्टि गरेको छ ।
सेनाको १३ नं बाहिनी अड्डाका बाहिनीपति केसी केही समयअघि मात्रै बङ्गलादेशबाट नेशनल डिफेन्स कोर्स (एनडिसी) पूरा गरी फर्किएका हुन् । करिब ३२ वर्ष सैनिक सेवामा योगदान पुर्याएका काठमाडौँ निवासी उनको आजै पशुपति क्षेत्रमा अन्त्येष्टि गरिएको सेनाले जनाएको छ ।
उनका श्रीमती र दुई छोरी रहेका छन् । यसैबीच सेनामा हाल कोरोना सङ्क्रमण भई उपचारमा रहेका सक्रिय बिरामीको सङ्ख्या ४२४ रहेको जानकारी दिइएको छ । कोभिड–१९ बाट हालसम्म ६ सैनिकको निधन भइसकेको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
बीमा सम्बन्धी कसुरमा मृदुला सरिया पक्राउ
-
पश्चिम एसियाको स्थिति ‘कल्पनाभन्दा बाहिर’ : महासचिव गुटेर्रेस
-
गर्मी बढ्दै जाँदा युरोपमा खडेरी गम्भीर
-
पोखरा र भैरहवा विमानस्थलः छुट छ, जहाज छैनन्
-
‘पुष्पलाल इतिहासका पानामा सीमित नाम होइनन्, राजनीतिक चेतनाको दियो हुन्’
-
मनसुनी वर्षाले निम्त्याएको बाढीका कारण ४१ जनाको मृत्यु
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण