धरानको अस्थायी प्रहरी चौकीमा आक्रमण, तीन प्रहरी घाइते (अपडेट)
सुनसरीको धरानस्थित अस्थायी प्रहरी चौकीमा हतियारधारी समूहले आक्रमण गरेका छन् । ६ ओटा मोटरसाइकलमा आएको समूहले धरान–१५ बाझगरमा रहेको अस्थायी प्रहरी चौकमा आक्रमण गरेको हो । हतियारधारी समूहको आक्रमणबाट चौकी इन्चार्ज असई सुमन दाहालसहित तीन जना प्रहरी घाइते भएका छन् । उनीहरुको बिपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानमा उपचार भइरहेको छ ।
खुकुरी र तरबार सहित आएको समूहले प्रहरीमाथि आक्रमण गरेर कार्यालय तोडफोड गरेको ईलाका प्रहरी कार्यालय धरानका डिएसपी ज्ञानेन्द्र बस्नेतले रातोपाटीलाई बताए । उनले भने– ‘दुई पक्षको झगडा भएको रहेछ, रिपोर्ट लेखाउन आएको पक्षलाई पछ्याउँदै आएको समूहले आक्रमण गरेर भागेका छन् ।’
आक्रमणकारीको खोजी भइरहेको डिएसपी बस्नेतले बताए । धम्की आएपछि धरान–३ बस्ने प्रशन्न लिम्बु जाहेरी दिन गएका थिए । उनलाई पछ्याउँदै आएको समूहले प्रहरी चौकी तोडफोड गरेको हो । आक्रमणमा संलग्नहरु लागु औषध प्रयोगकर्ता भएको बताइएको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
चलचित्र क्षेत्रलाई उद्योगको मान्यता दिने विषयमा छलफल
-
भन्सार छलेर ल्याइएका लत्ताकपडा बरामद
-
‘रेड सी’ मा हुथी समूहले इन्धन ट्याङ्करमाथि गरेको आक्रमणको इयूद्वारा निन्दा
-
पूर्वाधार न्यायाधीकरणसम्बन्धी विधेयकलाई अन्तिम रूप दिइँदै
-
नेपाल र सिचुआन प्रान्तबिच संस्कृति र पर्यटन प्रवर्द्धन गरिने
-
विश्वविद्यालयमा प्राज्ञिक स्वायत्तता बढाउँदै दलीय भागबण्डा अन्त्य गर्न मन्त्री पोखरेलको आग्रह
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण