बिहीबार, २७ वैशाख २०८१
ताजा लोकप्रिय
२४ घन्टाका ताजा अपडेट

धरानको अस्थायी प्रहरी चौकीमा आक्रमण, तीन प्रहरी घाइते (अपडेट)

बिहीबार, १३ जेठ २०७८, २२ : ३८
बिहीबार, १३ जेठ २०७८

 सुनसरीको धरानस्थित अस्थायी प्रहरी चौकीमा हतियारधारी समूहले आक्रमण गरेका छन् ।  ६ ओटा मोटरसाइकलमा आएको समूहले धरान–१५ बाझगरमा रहेको अस्थायी प्रहरी चौकमा आक्रमण गरेको हो । हतियारधारी समूहको आक्रमणबाट चौकी इन्चार्ज असई सुमन दाहालसहित तीन जना प्रहरी घाइते भएका छन् । उनीहरुको बिपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानमा उपचार भइरहेको छ । 

खुकुरी र तरबार सहित आएको समूहले प्रहरीमाथि आक्रमण गरेर कार्यालय तोडफोड गरेको ईलाका प्रहरी कार्यालय धरानका डिएसपी ज्ञानेन्द्र बस्नेतले रातोपाटीलाई बताए । उनले भने– ‘दुई पक्षको झगडा भएको रहेछ, रिपोर्ट लेखाउन आएको पक्षलाई पछ्याउँदै आएको समूहले आक्रमण गरेर भागेका छन् ।’ 

आक्रमणकारीको खोजी भइरहेको डिएसपी बस्नेतले बताए । धम्की आएपछि धरान–३ बस्ने प्रशन्न लिम्बु जाहेरी दिन गएका थिए । उनलाई पछ्याउँदै आएको समूहले प्रहरी चौकी तोडफोड गरेको हो । आक्रमणमा संलग्नहरु लागु औषध प्रयोगकर्ता भएको बताइएको छ ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप