बेलायतको चौथो खोपको रुपमा ‘जेनसेन’ ले पायो मान्यता
फर्मास्युटिकल कम्पनी जोन्सन एन्ड जोन्सनको सहायक कम्पनी ‘जेनसेन’ ले विकास गरेको कोरोना विरुद्धको खोपलाई बेलायतको नियामक निकाय मेडिकल रेगुलेटरले प्रयोगका लागि अनुमति दिएको छ ।
बेलायतमा मान्यता प्राप्त गर्ने कोरोनाविरुद्धको खोपमध्ये यो चौथो खोप बनेको छ । यसअघि फाइजर, एस्ट्राजेनेका र मोडेर्नाले बेलायतमा प्रयोगका लागि अनुमति पाइसकेका छन् । बेलायतले ‘जेनसेन’ को २० मिलियन डोज खोप सुरक्षित गरिसकेको छ ।
एक डोजमात्र लगाए पुग्ने उक्त खोप गम्भीर बिरामीका लागि ८५ प्रतिशत भन्दा बढी प्रभावकारी छ भने सामान्य अर्थात मध्यम अवस्थाका बिरामीका लागि ६६ प्रतिशत प्रभावकारी रहेको बीबीसीमा उल्लेख छ ।
सबैभन्दा पहिले यस खोपलाई अमेरिकाले मान्यता दिएको थियो । फाइजर, मोडेर्ना जस्ता खोपको तुलनामा जोन्सन खोप आर्थिक दृष्टिकोणले पनि फाइदाजनक हुनुकासाथै फ्रिजरको सट्टा सामान्य रेफ्रिजेरेटरमा नै भण्डारण गर्न सकिनेछ ।
यो खोप १८ वर्ष माथिकालाई बुस्टर ज्याबको रुपमा दिइनेछ । बेलायतका भ्याक्सिन मिनिस्टर नाधिम जहावीले ‘यो खोप महामारीसंग लड्ने अर्को हतियार सावित हुने बताएका छन् ।
बेलायतमा कोरोना विरुद्धको खोप शुरु भएयता ६ करोड ३३ लाख ४९ हजार २५२ मात्रा खोप वितरण भइसकेको छ ।
जसमध्ये तीन करोड ८८ लाख ७१ हजार २०० जनाले खोपको पहिलो मात्रा लगाएका छन् भने दुई करोड ४४ लाख ७८ हजार ५२ जनाले दुवै मात्रा लगाएको स्वास्थ्य विभागले जनाएको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
चालु आर्थिक वर्षको आर्थिक सर्वेक्षण प्रदेश सभामा प्रस्तुत
-
सुनितालाई घरमै नागरिकता
-
प्रतिनिधिसभामा असार १ र २ गते मन्त्रालयगत विनियोजन शीर्षकमाथि छलफल हुने
-
शिव परियारको स्वरमा ‘माया’ गजल सार्वजनिक
-
एमाले संविधान संशोधन सुझाव कार्यदल : खरेलको संयोजकत्वमा उपसमिति गठन
-
पेरुमा वामपन्थी राष्ट्रपतिको उम्मेदवार सान्चेजको पक्षमा विशाल प्रदर्शन
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण