बाँकेमा सङ्क्रमितको मृत्युदर घट्यो
कोरोना सङ्क्रमितको उपचार हुँदै आएको बाँकेका अस्पतालमा मृत्युदर घटेको छ । दैनिक १५ देखि १७ जनासम्मको मृत्यु हुने गरेकामा अहिले घटेको हो । गए रातिदेखि आज बिहानसम्म चार जनाको मात्र मृत्यु भएको अस्पतालले जनाएको छ । ती मृतक दाङ, बर्दिया र सल्यानका छन् भने पछिल्लो २४ घण्टामा बाँकेका सङ्क्रमितको मृत्यु शून्य छ ।
जिल्लाका अस्पतालमा अहिले भर्ना हुने बिरामी र मृत्यु हुने अधिकांश बाहिरी जिल्लाका सङ्क्रमित रहेको जिल्ला कोभिड सङ्कट व्यवस्थापन केन्द्रका स्रोत व्यक्ति तेज वलीले जानकारी दिए । उनका अनुसार, कोरोना सङ्क्रमणबाट हालसम्म जिल्लाका २८८ जनाको मृत्यु भएको छ भने विभिन्न बाहिरी जिल्लाबाट यहाँका अस्पतालमा उपचारका लागि आएका २७९ जनाको उपचारका क्रममा मृत्यु भएको छ ।
शिक्षण अस्पताल कोहलपुरमा उपचाररत दाङ तुलसीपुर उपमहानगरपालिका वडा नं ४ निवासी ४२ वर्षीया महिला गएराति ११ बजे मृत्यु भएको छ । यसैगरी भेरी अस्पताल नेपालगञ्जमा भर्ना भएका बर्दिया बाँसगढी नगरपालिका– ३ का ४२ वर्षीय पुरुष, सल्यान बागचौर नगरपालिका– ८ का ६१ वर्षीय पुरुष र बर्दिया बढैयाताल गाउँपालिका– ५ का ५८ वर्षीया महिलाको आज बिहान मृत्यु भएको स्रोत व्यक्ति वलीले जानकारी दिए ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
बीमा सम्बन्धी कसुरमा मृदुला सरिया पक्राउ
-
पश्चिम एसियाको स्थिति ‘कल्पनाभन्दा बाहिर’ : महासचिव गुटेर्रेस
-
गर्मी बढ्दै जाँदा युरोपमा खडेरी गम्भीर
-
पोखरा र भैरहवा विमानस्थलः छुट छ, जहाज छैनन्
-
‘पुष्पलाल इतिहासका पानामा सीमित नाम होइनन्, राजनीतिक चेतनाको दियो हुन्’
-
मनसुनी वर्षाले निम्त्याएको बाढीका कारण ४१ जनाको मृत्यु
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण