महाशिला र बिहादीमा इन्टरनेट
पर्वत -यहाँका दुई गाउँपालिकाले हरेक वडामा इन्टरनेट सेवा विस्तार गरी प्रविधियुक्त बनाएका छन् ।
बिहादी र महाशिला गाउँपालिकाले वडावडामा पहिलो पटक इन्टरनेट सेवा विस्तार गरेका हुन् । गाउँ कार्यपालिकाले हरेक वडालाई प्रविधियुक्त बनाउन बजेट विनियोजन गरेको थियो ।
बिहादी गाउँपालिकाले छवटै वडामा कम्प्युटर, प्रिन्टर, फोटोकपीसहित इन्टरनेट जडान गरेको अध्यक्ष कमल भुसालले जानकारी दिनुभयो । उहाँले हरेक वडामा रु चार लाख ५० हजार बजेट विनियोजन गरी प्रविधियुक्त बनाइएको बताउनुभयो । वडामा इन्टरनेट जडान गरेपछि गाउँपालिकादेखि मन्त्रालयसम्मका चिठी, परिपत्र पाउन, बेवसाइडका सूचना वडाबाटै तत्काल पाउन सकिएको छ ।
“अब वडामा हामीले तत्काल नीति, निर्देशन, जानकारीलगायतका चिठीपत्र इमेलबाटै पठाउन सक्ने भएका छौँ” उहाँ भन्नुभयो ।
यस्तै, महाशिला गाउँपालिकाले पनि इन्टरनेटलाई विस्तार गरेर वडावडामा पु¥याएको छ । गाउँपालिकाले उपकरण खरिद गरी सबै वडामा इन्टरसेवा विस्तार गरेको अध्यक्ष राजुप्रसाद पौडेलले जानकारी दिनुभयो । छवटै वडामा प्रविधियुक्त वाइम्याक्ससहितको इन्टरनेट सेवा जडान गरिएको छ ।
महाशिलाले हरेक वडामा रु एक लाख ५० हजार खर्च गरी इन्टरनेट सेवा सञ्चालनमा ल्याएको हो । गाउँपालिकाले पत्राचार गर्ने सबै विषय इमेलमार्फत वडा कार्यालयमा उपलब्ध गराउने व्यवस्था मिलाएको छ । सबै वडा कार्यालयमा इन्टरनेट जडान गरेका यी दुई गाउँपालिकाले छिट्टै व्यक्तिगत घटना दर्ता अनलाइनमार्फत गर्ने तयारी गरेका छन् ।
किरिया खर्चको रकमले अक्षयकोष स्थापना
यहाँको एक परिवारले आफ्ना बाबुको किरिया खर्चको रकम कटाएर विद्यालयमा अक्षयकोष स्थापना गरेको छ । कुश्मा नगरपालिका–५ का टेकनारायण कर्माचार्यको परिवारले उहाँको १३औँ दिनको पुण्य तिथिका अवसरमा अक्षयकोष स्थापना गरेको हो ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
१ खर्बको मुद्दा र ‘म पनि पर्छु कि’ भन्ने डरले सेयर बजार घट्यो : अर्थमन्त्री
-
अनेरास्ववियू क्रान्तिकारीद्वारा भक्तिवेदान्त गुरुकुलमा भएको घटनाको विरोध
-
अभिनेता मदनकृष्ण श्रेष्ठलाई ‘चलचित्र दीर्घ साधना सम्मान’
-
सम्पत्ति विवरण बुझाउन किन मानिरहेको छैन पूर्वन्यायाधीश फोरम ?
-
करको दर परिवर्तनका विषयमा छानबिन समिति आवश्यक : शाही
-
एडीबीद्वारा ११ करोड ५० लाख अमेरिकी डलरको सहुलियत ऋण स्वीकृत
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण