बेलायतका पत्रकारको चुनावी दौड शुरु, अध्यक्षमा चार जनाको उम्मेदवारी
नेपाल पत्रकार महासंघ यूके शाखाको आगामी १३ जुनमा हुने निर्वाचनका लागि अध्यक्ष पदमा चार जनाको उम्मेदवारी परेको छ ।
आइतबार साँझ निर्वाचन समितिले प्रकाशन गरेको उम्मेदवारको पहिलो नामावलीअनुसार अध्यक्षमा बिमला सेने, ध्रुवराज अर्याल, श्यामकुमार लुइँटेल र विपिन निरौलाको उम्मेदवारी परेको हो ।
शाखाको वरिष्ठ उपाध्यक्ष पदमा दिनेशकुमार परियार र सन्जयभक्त कँडेलले उम्मेदवारी दिएका छन् । खुला उपाध्यक्षमा शिव भण्डारी र एभरेष्ट गौतमको उम्मेदवारी छ ।
महिला उपाध्यक्षमा प्रमिला लाबुङ राईको मात्र उम्मेदवारी परेको छ । महासचिव पदमा नरेन्द्र कुमार बस्नेत (नरेन्द्र बस्नेत) र जगन्नाथ (जगन) कार्कीको उम्मेदवारी परेको छ ।
दुई जना निर्वाचित हुने सचिव पदमा मन्जु भण्डारी र खेमराज रानाभाटको उम्मेदवारी परेको छ भने कोषाध्यक्षमा सविन्द्रकुमार गुरुङ तथा सह-कोषाध्यक्षमा सुरेन्द्र इङनामको उम्मेदवारी परेको छ ।
६ सदस्यका लागि विश्वासदीप तिगेला, गोमा राना, जयराम तामाङ र नगेन्द्रराज नेम्वाङको मात्र उम्मेदवारी छ ।
शाखाको निर्वाचन पोष्टल र प्रत्यक्ष रुपमा गर्ने तयारी छ । नयाँ कार्यसमिति चयनका लागि रमेश सराङकोटीको संयोजकत्वमा नवीन पोखरेल, चिरन शर्मा, केशव भण्डारी र संगीता मरहट्ठा सम्मिलित निर्वाचन समिति गठन भएको थियो । निर्वाचन समितिको कानुनी सल्लाहकारमा सोलिसिटर दीपक भट्टराई छन् ।
महाधिवेशनका लागि नेपाल पत्रकार महासंघले वरिष्ठ पत्रकार भगीरथ योगीलाई केन्द्रिय प्रतिनिधिका रुपमा खटाएको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
चालु आर्थिक वर्षको आर्थिक सर्वेक्षण प्रदेश सभामा प्रस्तुत
-
सुनितालाई घरमै नागरिकता
-
प्रतिनिधिसभामा असार १ र २ गते मन्त्रालयगत विनियोजन शीर्षकमाथि छलफल हुने
-
शिव परियारको स्वरमा ‘माया’ गजल सार्वजनिक
-
एमाले संविधान संशोधन सुझाव कार्यदल : खरेलको संयोजकत्वमा उपसमिति गठन
-
पेरुमा वामपन्थी राष्ट्रपतिको उम्मेदवार सान्चेजको पक्षमा विशाल प्रदर्शन
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण