सेती प्रादेशिक अस्पतालमा थप ५४ जनामा कोरोना संक्रमण पुष्टी
कैलालीको सेती प्रादेशिक अस्थाई कोरोना अस्पतालमा थप ५४ जनामा कोरोना संक्रमण पुष्टी भएको छ । पछिल्लो २४ घण्टामा २ सय ३३ नमुनाको परीक्षण गर्दा ५४ जनामा कोरोना संक्रमण पुष्टी भएको हो । जसमा १७९ जनाको रिपोर्ट नेगेटिभ आएको सेती प्रादेशिक अस्पतालका सूचना अधिकारी दिलीपकुमार श्रेष्ठले रातोपाटीलाई जानकारी दिए । श्रेष्ठका अनुसार पछिल्लो २४ घण्टामा १ संक्रमितको मृत्यु भएको छ ।
उनका अनुसार दोस्रो लहरको कोरोना संक्रमणबाट निको हुने बिरामीको संख्या ९ सय १४ रहेको छ भने अहिले अस्पतालमा ४५ जना बिरामी उपचाररत रहेको उनले बताए । उनका अनुसार अहिलेसम्म १ सय ६९ संक्रमितको मृत्यु भइसकेको छ भने पछिल्लो २४ घण्टामा ७ जना नयाँ बिरामी अस्पताल भर्ना भएका छन् । श्रेष्ठका अनुसार अहिलेसम्म १ लाख १ हजार ४ सय ८८ नमुना पिसिआर परीक्षण भएको छ । त्यसमध्ये १७ हजार ९ सय ५९ जनामा कोरोना संक्रमण पुष्टी भएको छ भने ८३ हजार ५ सय २९ जनाको रिपोर्ट नेगेटिभ आएको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
स्टार कलाकारको प्रवेश रङ्गमञ्च विकासका लागि उत्साहजनक सङ्केत
-
‘झन्डै सात हजार कर्मचारीले कार्यालय समय पालना गरेनन्’
-
‘रङ्गमञ्च प्रवेशपछि मभित्रको ‘स्टारडम’ को अहङ्कार मेटियो’
-
कर्णालीका मुख्यमन्त्री भन्छन्—विगतजस्तै बालेन सरकारले पनि बजेटमा कर्णालीलाई उपेक्षा गर्यो
-
होल्डिङ सेन्टरमा रहेका ३६ वर्षीय दर्जीको मृत्यु, कुलमानले भने, ‘राज्यले जिम्मेवारी भुल्यो’
-
‘संगीत व्यावसायिक बन्दैछ, तैपनि कलाकारका दुःख सकिएनन्’
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण