सेती प्रादेशिक अस्पतालमा थप ५४ जनामा कोरोना संक्रमण पुष्टी
कैलालीको सेती प्रादेशिक अस्थाई कोरोना अस्पतालमा थप ५४ जनामा कोरोना संक्रमण पुष्टी भएको छ । पछिल्लो २४ घण्टामा २ सय ३३ नमुनाको परीक्षण गर्दा ५४ जनामा कोरोना संक्रमण पुष्टी भएको हो । जसमा १७९ जनाको रिपोर्ट नेगेटिभ आएको सेती प्रादेशिक अस्पतालका सूचना अधिकारी दिलीपकुमार श्रेष्ठले रातोपाटीलाई जानकारी दिए । श्रेष्ठका अनुसार पछिल्लो २४ घण्टामा १ संक्रमितको मृत्यु भएको छ ।
उनका अनुसार दोस्रो लहरको कोरोना संक्रमणबाट निको हुने बिरामीको संख्या ९ सय १४ रहेको छ भने अहिले अस्पतालमा ४५ जना बिरामी उपचाररत रहेको उनले बताए । उनका अनुसार अहिलेसम्म १ सय ६९ संक्रमितको मृत्यु भइसकेको छ भने पछिल्लो २४ घण्टामा ७ जना नयाँ बिरामी अस्पताल भर्ना भएका छन् । श्रेष्ठका अनुसार अहिलेसम्म १ लाख १ हजार ४ सय ८८ नमुना पिसिआर परीक्षण भएको छ । त्यसमध्ये १७ हजार ९ सय ५९ जनामा कोरोना संक्रमण पुष्टी भएको छ भने ८३ हजार ५ सय २९ जनाको रिपोर्ट नेगेटिभ आएको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
आज सीता उत्पत्ति दिवस, रामजानकी मन्दिरमा पूजा आराधना गरी मनाइदै
-
राष्ट्रियसभा बैठक बस्दै, यस्तो छ सम्भावित कार्यसूची
-
अम्बिका र शंकरको हिन्दी गीत ‘तस्बिर’ सार्वजनिक
-
तार भूमिगत गरिएका स्थानबाट विद्युतीय पोलहरू हटाइने, इन्टरनेटको तार हटाउन प्राधिकरणको निर्देशन
-
पन्जाब किंग्ससँग राजस्थान रोयल्स ५ विकेटले पराजित
-
मधेसमा सत्ताका लागि दलहरूको दौडधुप, नयाँ सरकारको साँचो लोसपाको हातमा