भारतमा पछिल्लो २४ घण्टामा १.३३ लाख नयाँ संक्रमित भेटिए, २.११ लाख निको भए
भारतमा पछिल्लो २४ घण्टामा कोरोना संक्रमितमा साधारण वृद्धि देखिएको छ । यहाँ बुधबार १ लाख ३३ हजार ९५३ जनामा कोरोना संक्रमण देखिएको छ । यो आँकडा मंगलबारको तुलनामा करिब ८ सय भन्दा बढी हो । यद्यपि, संक्रमणका कारण मृत्यु हुनेको आँकडामा कुनै कमी देखिएको छैन । पछिल्लो २४ घण्टामा २,८९७ जनाको मृत्यु भयो ।
पछिल्लो २४ घण्टामा यहाँ २ लाख ११ हजार ७५० संक्रमित निको भए । यसरी सक्रिय संक्रमित अर्थात् उपचार गराइरहेका बिरामीको आँकडामा ८०,७४९ को कमी देखिएको छ । भारतमा कोरोनाका घट्दो संक्रमितका बीच अझै पनि ५ राज्य यस्तो छन् जहाँ एक लाखभन्दा बढी सक्रिय संक्रमित छन् । यसमा कर्नाटक (२.९३ लाख), तमिलनाडु (२.८८ लाख), महाराष्ट्र (२.१६ लाख), केरल (१.९२ लाख) र आन्ध्र प्रदेश (१.४३ लाख) छन् ।
भारतमा कोरोना महामारी आँकडामाः
पछिल्लो २४ घण्टामा भेटिएका नयाँ संक्रमितः १.३३ लाख
पछिल्लो २४ घण्टामा कूल निको भएकाः २.११ लाख
पछिल्लो २४ घण्टामा कूल मृत्युः २,८८७
हालसम्म कूल संक्रमित भइसकेकाः २.८४ करोड
हालसम्म निको भएकाः २.६३ करोड
हालसम्म कूल मृत्युः ३.३८ लाख
हाल उपचार गराइरहेका बिरामीको कूल संख्याः १७.०८ लाख
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
आफ्नै एयरलाइन्स कम्पनी खोल्दैछन् भारतीय अर्बपति गौतम अदानी
-
कैलालीमा सङ्गठित तथा आर्थिक अपराधसम्बन्धी घटना धेरै
-
लागुऔषधसहित ४ जना पक्राउ
-
गर्मीबाट बच्न जापानी कम्पनीले ल्यायो मानव फ्रिज
-
ज्येष्ठ नागरिकको हेरचाह र अधिकारका लागि अलग्गै संरचना बनाउनुपर्छ : न्यायाधीश फुयाँल
-
‘मरुभूमिको जहाज’ जलवायु परिवर्तनको मारमा
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण