ब्राजिलमा कोभिडबाट पछिल्लो २४ घन्टामा २५ सयभन्दा बढीको मृत्यु
एजेन्सी । ब्राजिलमा गएको २४ घण्टायता कोभिड–१९को संक्रमणबाट यहाँका २ हजार ५०० भन्दा बढी नागरिकको ज्यान गएको छ । यहाँ बुधबार २ हजार ५०७ जना कोरोनाका संक्रमित नागरिकको मृत्यु भएको यहाँको स्वास्थ्य मन्त्रालयले जानकारी दिएको छ ।
योसँगै कोरोनाबाट मृत्यु हुने व्यक्तिको संख्या चार लाख ६७ हजार ७०६ पुगेको पनि स्वास्थ्य मन्त्रालयले जानकारी दिएको छ । ब्राजिलको स्वास्थ्य मन्त्रालयले दिएको जानकारीअनुसार मंगलबार मात्र पनि यहाँ कोभिड–१९ को संक्रमणमा परेका यहाँका दुई हजार जना भन्दा बढीको एकै दिनमा ज्यान गएको थियो ।
यहाँका अधिकारीहरुले पछिल्लो समयमा ब्राजिलमा कोरोनाका संक्रमितहरुको ज्यान जाने क्रममा उल्लेख्य मात्रामा कमी आउन नसकेको बताएका छन् । कोरोना भाइरसको संक्रमण शुरु भएबाट ब्राजिलमा हालसम्म एक करोड ६७ लाख ४१ हजार जनाभन्दा बढीमा सो संक्रमण भएको बताइएको छ ।
स्वास्थ्य मन्त्रालयकाअनुसार पछिल्लो समय ब्राजिलमा कोरोना भाइरसको नयाँ प्रजातिको भाइरसका साथै नयाँ नयाँ वेभ आइरहेका छन् । अस्पतालले बिरामीको चाप थेग्न नसकेपछि उपचारमा समस्या भएको जनाएका छन् । यहाँका स्वास्थ्य क्षेत्रका अधिकारीहरुले बुधबार मात्र पनि यहाँका ९५ हजार जना भन्दा बढीमा कोरोनाको संक्रमण भएको छ ।
यस देशमा कोरोना भाइरसबाट सबैभन्दा बढी प्रभावित राज्यका रुपमा साओ पाओलो रहेको छ । साओ पाओलोमा मात्र एक लाखभन्दा बढी नागरिकको ज्यान गएको छ । ब्राजिल कोरोना भाइरसबाट ज्यान जाने विश्वका मुलुकहरु मध्ये अमेरिकापछि दोस्रोमा पर्दछ । –सिन्ह्वा
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
सचिव पुष्कर प्रधानमन्त्री कार्यालयको जगेडामा तानिए
-
आठ विश्वविद्यालयका उपकुलपतिको सर्टलिस्ट सार्वजनिक
-
परीक्षामा जफत गरिएका मोबाइल नष्ट प्रकरण : अभिभावकले जनाए आपत्ति
-
प्रहरीको प्राविधिक तर्फका ५ डीएसपीको सरुवा
-
एक दशकभित्र सय अर्ब डलरको अर्थतन्त्र बनाउन सकिन्छ : अध्यक्ष पाण्डे
-
एसएसपी अमरेन्द्र सिंहको कार्य विभागमा काज सरुवा
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण