जबरजस्ती करणी मुद्धामा फरार ८४ वर्षीय वृद्ध पक्राउ
बिहीबार, २० जेठ २०७८, १६ : ३९
दाङमा जबरजस्ती करणी मुद्धामा फरार एक जना अभियुक्तलाई प्रहरीले पक्राउ गरी सार्वजनिक गरेको छ । जिल्ला प्रहरी कार्यालय दाङले दिएको जानकारी अनुसार पक्राउ पर्नेमा घोराही उपमहानगरपालिका वडा नम्वर ४ भकारे बस्ने ८४ बर्षीय रामु केसी रहेका छन् ।
उनलाई प्रहरीले बिहीवार विहान साढे दश बजे पक्राउ गरी सजाय भुक्तानका लागि दाङ देउखुरी जिल्ला अदालत उपस्थित गराएको जिल्ला प्रहरी कार्यालय दाङका प्रहरी प्रवक्ता डिएसपी मुकुन्द प्रसाद रिजालले जानकारी दिए ।
अदालतले केसी विरुद्ध २०७६ मंसिर २६ गते जवरजस्ती मुद्धामा दोषी ठहर गदै सात वर्ष पाँच महिना आठ दिन कैद र दुई लाख पच्चीस हजार रुपैया जरिवाना फैसला गरेको थियो । फरार हुँदै आएका अभियुक्तलाई प्रहरीले बिहीबार घरबाटै पक्राउ गरेको हो ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
हङकङ मुद्दामा अमेरिकी नीति परिवर्तन, सङ्कटकाल नवीकरण नगरिने
-
धनुषा प्रहरीको अभियानः एक सातामा १२५ फरार प्रतिवादी पक्राउ
-
उद्योग विभागद्वारा ५८ अर्ब बराबर वैदेशिक लगानीको प्रतिबद्धता स्वीकृत
-
ठगीको आरोपमा एकैपरिवारका तीन जना पक्राउ
-
पछिल्लो २४ घण्टामा ५२१ सवारी चालक कारबाहीमा
-
न्यायालयबारे निर्ममतापूर्वक समीक्षा गर्ने बेला भइसक्यो : रास्वपा सांसद न्यौपाने
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण