एनआरएनए युकेद्वारा पठाइएको अक्सिजन कन्सन्ट्रेटर आज नेपाल आइपुग्ने
नेपालमा तीव्र रुपमा बढ्दै गएको कोभिड -१९ को संकट समाधानको लागि आपतकालीन सहयोग स्वरूप बेलायतस्थित नेपाली संघसंस्था तथा व्यक्तिगत पहलमा १५० थान अक्सिजन कन्सन्ट्रेटर आज नेपाल आउँदैछ । अक्सिजन कन्सन्ट्रेटर चीनको पोर्टमा कस्टम क्लियर भएर शनिबार चीनको गोन्जाउबाट नेपाल उडेको एनआरएनए यूके महासचिव फडिन्द्र भट्टराईले जानकारी दिएका छन् ।
ती अक्सिजन कन्सन्ट्रेटर नेपाल एयरलाइन्सको वाइड बडी जहाजमार्फत आजै शनिबार नेपाल आइपपुग्ने एनआरएनए यूकेले जनाएको छ । गैरआवासीय नेपाली संघ यूकेकी अध्यक्ष पुनम गुरुङका अनुसार कन्सन्ट्रेटर मशिनहरु नेपाल सरकारलाई तत्कालै हस्तान्तरणको प्रकृया अघि बढाइने छ ।
नेपाली राजदूतावास लन्डनको संयोजन तथा एनआरएन यूकेको सक्रियतामा ‘अक्सिजन पठाऔँ – नेपालीको ज्यान बचाऔँ’ अभियान अन्तर्गत एक संस्था – न्यूनतम एक अक्सिजन कन्सन्ट्रेटर अभियान सञ्चालन गरेको थियो । सो अभियानमा करिब दुई करोड रकम संकलन भएको गैर आवासीय नेपाली संघ यूकेकी अध्यक्ष पुनम गुरुङले जानकारी दिइन् । मातृभूमिमा परेको संकटको बेला बेलायतवासी नेपाली तथा संघसंस्थाले स्वस्फुर्त रुपमा सहयोग गरेको बताइन् ।
गत मे १५, मा बेलायतका लागी नेपाली राजदूत लोकदर्शन रेग्मीको प्रमुख आतिथ्य र उप नियोग प्रमुख रोशन खनाल समेतको विशेष उपस्थितिमा एनआरएन यूकेको संयोजन एवं बेलायतस्थित विभिन्न संघसंस्थाका प्रतिनिधि, संरक्षक परिषद, आइसीसी सदस्यहरु तथा पदाधिकारीहरूको बृहत बैठक सम्पन्न भएको थियो ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
सुनितालाई घरमै नागरिकता
-
प्रतिनिधिसभामा असार १ र २ गते मन्त्रालयगत विनियोजन शीर्षकमाथि छलफल हुने
-
शिव परियारको स्वरमा ‘माया’ गजल सार्वजनिक
-
एमाले संविधान संशोधन सुझाव कार्यदल : खरेलको संयोजकत्वमा उपसमिति गठन
-
पेरुमा वामपन्थी राष्ट्रपतिको उम्मेदवार सान्चेजको पक्षमा विशाल प्रदर्शन
-
हामीले सरकार बनाएका हौँ, देश बनाउन बाँकी छ : महामन्त्री शाह
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण