होम डेलिभरी नरोक्न सर्वोच्चको अन्तरिम आदेश
सोमबार, २४ जेठ २०७८, २२ : २२
सर्वोच्च अदालतले कोभिड –१९ को नियन्त्रण तथा न्यूनीकरणका लागि जारी निषेधाज्ञाका समयमा पनि अनलाइनबाट हुने कारोवार तथा होम डेलिभरी नरोक्न सरकारका नाममा अन्तरिम आदेश जारी गरेको छ । न्यायाधीशद्वय सपना मल्ल र डा.कुमार चुँडालको इजलासले आज सामान बिक्रीवितरण नरोक्न अन्तरिम आदेश जारी गरेको हो ।
आदेशमा भनिएको छ, “सामाजिक दूरी, मास्क, स्यानिटाइजर, पिपिइ लगायतका साधनको प्रयोग गरी खरीद बिक्री तथा होम डेलिभरीको सेवा प्रदान गर्ने कम्पनीहरुलाई प्रस्तुत मुद्दाको अन्तिम किनारा नलागे सम्मका लागि सेवा प्रदान गर्ने काम रोक्ने कार्य नगर्नू ।”
बजारमा भीडभाड कम गरी सकेसम्म नागरिकलाई घर बाहिर जानु नपर्ने स्थिति सिर्जना गर्नका लागि अनलाइनका माध्यमबाट खरीद बिक्री तथा होम डेलिभरी प्रदान गर्नमा रोक लगाउन उपयुक्त नहुने आदेशमा जनाइएको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
डा. गोविन्द केसीलाई अनसन स्थगित गर्न सुदूरपश्चिमेलीको आग्रह
-
रास्वपा सभापति रवि चीन भ्रमणमा जाँदै
-
देशका विभिन्न ६ वटा सडकखण्ड पूर्ण रूपमा अवरुद्ध, ११ आंशिक सञ्चालनमा
-
बीमा र धितोपत्र सम्बन्धी कसूरमा फरार मृगेन्द्रनाथ रिमाल पक्राउ
-
त्रिविसहित अन्य विश्वविद्यालयमा प्रोफेसर एक्सचेन्ज प्रोग्राम ल्याउन पहल थालेको छु : शिक्षामन्त्री
-
चोभारमा पौडी खेल्न बागमतीमा हामफालेका युवक बेपत्ता
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण