भारतमा बालबालिकाका लागि कोभ्याक्सिन प्रयोग परीक्षण सुरू
भारतको नयाँ दिल्लीमा रहेको प्रमुख स्वास्थ्य संस्था अखिल भारतीय मेडिकल साइन्सेज (एम्स) ले सोमबार पहिलो स्वदेशी कोभिड–१९ विरूद्धको खोप बालबालिकाको प्रयोगका लागि कोभाक्सिनको क्लिनिकल परीक्षणको शुरू गरेको अस्पतालका अधिकारीहरूले बताएका छन् ।
परीक्षण दुईदेखि १८ वर्ष उमेरका बालबालिकाहरू बीच सुरु गरिएको हो । “आज कोभ्याक्सिन खोपको बालबालिकामा प्रयोगका लागि क्लिनिकल परीक्षण अभियान शुरू भएको छ,” एम्सका एक अधिकारीले बताए । “परीक्षणमा सहभागीहरूको रिपोर्ट प्राप्त भएपछि बालबालिकालाई यो खोप दिन उपयुक्त मानिएमा खोप दिइनेछ ।”
भारतको औषधि नियामक संस्थाले गत महिना दुईदेखि १८ वर्ष उमेर समूहमा कोभ्याक्सिनको दोस्रो र तेस्रो चरणको क्लिनिकल परीक्षणहरु गर्न अनुमति प्रदान गरेको थियो । कोभ्याक्सिन बच्चाहरूका लागि उपयुक्त छ कि छैन भनेर हेर्न भारतको पूर्वी राज्य बिहारको पटनामा रहेको एम्स अस्पतालमा बच्चाहरूमाथि यस पहिले नै परीक्षण सुरू गरिसकिएको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
सभामुख संसदीय मर्यादामा नबसेको कांग्रेसको निष्कर्ष
-
दलमा लागेका शिक्षकमाथिको कारबाही विवरण १५ दिनभित्रमा पेस गर्न निर्देशन
-
टी–२० विश्वकप क्रिकेट : औपचारिक अभ्यास खेलमा नेपालको प्रतिद्वन्द्वी क्यानडा र अमेरिका
-
बिच बजारमा पनि ध्यान सम्भव छ ?
-
मिथिलामा धुमधामका साथ जानकी नवमी मनाइँदै
-
ढुक्क भएर विद्युत उत्पादनमा लाग्न निजी क्षेत्रलाई प्रधानमन्त्रीको आग्रह