पोखरामा रेडिमिक्स्चर दुर्घटनामा एक युवकको मृत्यु
पोखरामा रेडिमिक्स्चर दुर्घटनामा हुँदा एक युवकको मृत्यु भएको छ । मंगलबार पोखराको सराङकोटबाट पोखरा बजारतर्फ आउँदै गरेको ग १ क ३१८७ नम्बरको रेडिमिक्स्चर मेथलाङमा दुर्घटना हुँदा सहचालक अनिरोध थापाको मृत्यु भएको प्रहरीले जनाएको छ ।
पोखरा चाउथे स्थित रहेको गण्डकी निर्माण समन्वय प्रालिको रेडीमिक्सचर अनियन्त्रित भई दुर्घटना हुँदा सहचालक पोखरा १४ चाउथेका २९ वर्षीय अनिरोध थापाको मृत्यु भएको गण्डकी प्रदेश प्रहरी कार्यालय पोखराका प्रहरी उपरीक्षक विनोद सिलवालले जानकारी दिए ।
उनका अनुसार दुर्घटनामा परेर मिक्सचरले च्यापेका सहचालक थापालाई उद्धार गरी उपचारका लागि पोखरा स्वास्थ्य विज्ञान प्रतिष्ठान पुर्याएकोमा उपचारका क्रममा मृत्यु भएको हो । दुर्घटनामा रेडिमिक्स्चरका चालक कोटेश्वर घर भई पोखरा –५ मालेपाटन बस्ने ३५ वर्षीय राजन ठकुरी गम्भीर घाइते भएका छन् । टाउकोमा चोट लागेका घाइते ठकुरीको स्वाथ्य विज्ञान प्रतिष्ठामै उपचार भइरहेको प्रहरीले जनाएको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
प्रहरीको प्राविधिक समूहमा सईबाट वरिष्ठ सईमा बढुवा सिफारिस
-
इच्छाराज तामाङको बदमासीले सिभिल मलमा स्वामित्वको चक्रव्यूह
-
लागुऔषध खैरो हेरोइनसहित १० जना पक्राउ
-
भारत भ्रमणबाट फर्किएपछि रविले भने, ‘परराष्ट्र नीति पार्टीको हुँदैन, देशको हुन्छ’
-
‘तपाईं प्रधानमन्त्री बन्ने हल्ला छ नि ?’ भन्ने प्रश्नमा रविले दिए यस्तो जवाफ
-
रमा तिवारीको हत्यामा संलग्न आरोपमा भारतीय युवक पक्राउ
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण