भारतमा लगातार दोस्रो दिन कोरोना संक्रमितको संख्या १ लाखभन्दा कम
भारतमा कोरोना संक्रमितको संख्या लगातार घट्दो क्रममा छ । मंगलबार लगातार दोस्रो दिन नयाँ संक्रमितको आँकडा एक लाखभन्दा कम रह्यो । मंगलबार ९२,७१९ जनामा कोरोना पुष्टि भयो र २,२२२ जनाको संक्रमणका कारण ज्यान गयो । यतिबेला १ लाख ६२ हजार २८० संक्रमित निको भए ।
सक्रिय संक्रमित अर्थात् उपचार गराइरहेका बिरामीको संख्याको कुरा गर्ने हो भने मंगलबार यसमा ७१,७९२ को कमी रेकर्ड गरियो । पछिल्लो १५ दिनमा सक्रिय संक्रमितमा १३ लाख ५४ हजार ९७८ को कमी देखियो । भारतमा २४ मेमा २५.८१ लाख सक्रिय संक्रमित थिए जुन घटेर १२.२६ लाख भएको छ ।
भारतमा कोरोना महामारी आँकडामाः
पछिल्लो २४ घण्टामा कूल भेटिएका नयाँ संक्रमितः ९२,७१९
पछिल्लो २४ घण्टामा कूल निको भएकाः १.६२ लाख
पछिल्लो २४ घण्टामा कूल मृत्युः २,२२२
हालसम्म संक्रमित भइसकेकाः २.९० करोड
हालसम्म निको भएकाः २.७४ करोड
हालसम्म कूल मृत्युः ३.५३ लाख
हाल उपचार गराइरहेका बिरामीको कूल संख्याः १२.२६ लाख
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
आफ्नै एयरलाइन्स कम्पनी खोल्दैछन् भारतीय अर्बपति गौतम अदानी
-
कैलालीमा सङ्गठित तथा आर्थिक अपराधसम्बन्धी घटना धेरै
-
लागुऔषधसहित ४ जना पक्राउ
-
गर्मीबाट बच्न जापानी कम्पनीले ल्यायो मानव फ्रिज
-
ज्येष्ठ नागरिकको हेरचाह र अधिकारका लागि अलग्गै संरचना बनाउनुपर्छ : न्यायाधीश फुयाँल
-
‘मरुभूमिको जहाज’ जलवायु परिवर्तनको मारमा
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण