यौन दुर्व्यवहारमा परेका राउटे युवतीको जीवन रक्षा गर्न माग
जवाफदेहिता निगरानी समितिले सुर्खेत गुर्भाकोटका राउटे समुदायका युवतीहरूमाथि भएको यौन दुर्व्यवहारको घटनाप्रति गम्भिर ध्यानाकर्षण भएको जनाएको छ । चरण प्रसाईं नेतृत्वको सो समितिले आज एक विज्ञप्ति जारी गर्दै आफ्नो छुट्टै पहिचान बोकेको सो समुदायका २ युवतीमाथि यौन दुर्व्यवहार गरी चरित्र हत्या हुनेगरी सामाजिक सञ्जालमा भिडियो राख्ने पीडकहरुलाई कानून बमोजिम कारबाहीका लागि पहल गर्न समेत आग्रह गरेको छ ।
विज्ञप्तिमा युवतीमाथि गरिएको दुर्व्यवहारको भिडियो समेत युट्युव लगायतका सामाजिक सञ्जालबाट हटाउन र सो कार्य गर्ने व्यक्तिहरुलाई समेत कारवाही गर्न माग गरिएको छ । विज्ञप्तिमा पीडित युवतीहरूलाई राउटे समुदायको नियम बमोजिम आफ्नो समुदायबाट समेत बहिष्कार गर्ने र जीउ ज्यानमा समेत खतरा हुने गरी भौतिक कारवाही हुने सम्भावना भएकोले उनीहरुको जीवन रक्षा गर्न सरकार लगायत सम्बन्धित निकायको ध्यानाकर्षण गराइएको छ ।
विज्ञप्तिमा भनिएको छः ‘पीडित युवतीहरूलाई राउटे समुदायको नियम बमोजिम आफ्नो समुदायबाट बहिस्कार गर्ने, जीउ ज्यानमा नै खतरा हुने गरी भौतिक कारवाही हुने सम्भावना भएकोले पीडितहरु माथि दोहोरो हिंसा हुनसक्ने प्रवल सम्भावना देखिएको हुँदा निज युवतीहरूको जीवन रक्षाको लागि तत्काल विश्वसनिय सुरक्षा व्यवस्था गर्न र पीडित युवतीहरूको गोपनियता लगायत जीवन रक्षाको अधिकार संरक्षण गर्न नेपाल सरकार लगायत सम्बन्धित निकायहरुको ध्यानाकर्षण गर्दै यथाशिघ्र कारवाही अघि बढाउन आग्रह गर्दछौं ।’
ती युवतीलाई दुर्व्यवहार गरेको आरोपमा प्रहरीले सुर्खेतको गुर्भाकोट नगरपालिका मेहलकुनाबाट गुर्भाकोट नगरपालिकाका ३५ वर्षका दोमनबहादुर घर्ती, २४ वर्षका भुपेन्द्र बुढा र २९ वर्षका होटल सञ्चालक बिनोद पुनलाई पक्राउ गरेको थियो ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
राष्ट्रियसभाको बैठक : सांसदहरु बाेल्दै
-
अन्तरिक्षमा पहिलोपटक भेटियो प्राकृतिक चिनी
-
मानसिक स्वास्थ्य सङ्कट समाधान गर्न ‘मानसिक स्वास्थ्य काउन्सिल’ गठन गर्न माग
-
नेपाल एसीसी महिला यू–१९ प्रिमियर कपको सेमिफाइनलमा
-
दीपक धामी लगायतलाई विनाशर्त रिहाइ गर्न युवा सङ्घको माग
-
लुम्बिनीमा नवप्रवर्तन साझेदारीका ८ स्थानीय तहका परियोजना स्वीकृत
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण