मुख्यमन्त्री शाहीले भेटे राउटे समुदाय
कर्णाली प्रदेशका मुख्यमन्त्री महेन्द्रबहादुर शाहीले यौन दुर्व्यवहारमा परेकी किशोरी र राउटे समुदायसँग भेटघाट गरेका छन् । शुक्रबार मुख्यमन्त्रीको कार्यालय सुर्खेतमा भेटघाट भएको मुख्यमन्त्री शाहीको सचिवालयले जनाएको छ ।
सो भेटमा राउटे समुदायले दैनिक उपभोग्य सामाग्रीको अभाव भएको भन्दै सहयोगका लागि मुख्यमन्त्रीलाई आग्रह गरेका थिए । मुख्यमन्त्री शाहीले राउटे समुदायको संरक्षण एवं खाद्यान्न लगायतको सामाग्री सरकारले उपलब्ध गराउने प्रतिबद्धता जनाएका छन् ।
शाहीले खाद्यान्न लगायतका दैनिक उपभोग्य सामाग्रीको प्रबन्ध गर्न सामाजिक विकास मन्त्रालयलाई निर्देशन समेत दिएको उनको सचिवालयले जनाएको छ । भेटघाटमा सामाजिक विकास मन्त्री यज्ञबहादुर बिसी पनि सहभागी भएका थिए ।
केहीदिन अघि सुर्खेतका युवाहरुको यौन दुर्व्यवहारमा परेकी किशोरीसहित अन्य राउटे प्रतिनिधिहरुले मुख्यमन्त्रीलाई भेटे पनि सो घटनाबारे भने मुख्यमन्त्रीको सचिवालयले केही कुरा सार्वजनिक गरेको छैन । भेटघाटपछि मुख्यमन्त्रीको कार्यालयमा उनीहरुले सामूहिक फोटो खिचाएका छन् ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
राष्ट्रियसभाको बैठक : सांसदहरु बाेल्दै
-
अन्तरिक्षमा पहिलोपटक भेटियो प्राकृतिक चिनी
-
मानसिक स्वास्थ्य सङ्कट समाधान गर्न ‘मानसिक स्वास्थ्य काउन्सिल’ गठन गर्न माग
-
नेपाल एसीसी महिला यू–१९ प्रिमियर कपको सेमिफाइनलमा
-
दीपक धामी लगायतलाई विनाशर्त रिहाइ गर्न युवा सङ्घको माग
-
लुम्बिनीमा नवप्रवर्तन साझेदारीका ८ स्थानीय तहका परियोजना स्वीकृत
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण