डडेल्धुरामा कोरोना सङ्क्रमित हुनेभन्दा निको हुने बढी
आइतबार, ३० जेठ २०७८, १२ : ३८

जिल्लामा कोरोना सङ्क्रमितको निको हुने सङ्ख्या बढ्दै गइरहेको छ । पछिल्लो समय सङ्क्रमित हुनेभन्दा निको हुनेको सङ्ख्या बढिरहेको जिल्ला स्वास्थ्य कार्यालयको तथ्याङ्कमा उल्लेख गरिएको छ । दोस्रो चरणको कूल सङ्क्रमित एक हजार १८३ मध्ये एक हजार पाँचजना निको भएको कार्यालयका प्रमुख आशुतोष श्रेष्ठले जानकारी दिए ।
जिल्लाभरीमा होम आइसोलेशन र संस्थागत आइसोलेशनमा गरी १७८ जना सक्रिय सङ्क्रमित रहेका छन् । पछिल्लो २४ घण्टामा एकजना मात्रै सङ्क्रमित पुष्टि भएको उनले बताए । सङ्क्रमितको निको हुने दर बढेसँगै जिल्ला अस्पतालका साथै स्थानीय तहले बनाएका संस्थागत आइसोलेसनका श्यया खाली हुन थालेका छन् । सङ्क्रमितका आत्मबल उच्च भएमा सहजै कोरोनालाई जित्न सकिने निको भएकाको भनाइ छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
पोखरा क्षेत्रीय अन्तर्राष्ट्रिय विमानस्थलको अध्ययन प्रतिवेदन सार्वजनिक लेखा समितिमा पेश
-
आईपीएल : मुम्बईको पुनरागमन, लगातार दोस्रो जित
-
लामखुट्टे धपाउन बालेको घुरले आगलागी, पाँच परिवारको विचल्ली
-
हिलो र चिप्लोका कारण दाउन्नेमा यातायात अवरुद्ध
-
एकता महाधिवेशनबाट नेतृत्वका लागि तयार छु : विनोद कुँवर
-
चुनकुमारी हत्या प्रकरण : ६ जना पक्राउ