ब्राजिलमा कोभिडबाट एकै दिन करिब ३ हजार जनाको मृत्यु
एजेन्सी । ब्राजिलमा कोभिड– १९ को सङ्क्रमणबाट यहाँका करिब तीन हजार नागरिकको मृत्यु भएको बुधबार जानकारी दिइएको छ । यहाँको स्थानीय समयानुसार २४ घण्टायताको अवधिमा बुधबार मात्र २ हजार ९९७ जनाको ज्यान गएको बताइएको हो ।
ब्राजिलको स्वास्थ्य मन्त्रालयले दिएको जानकारीअनुसार बुधबार मात्र यहाँ अघिल्लो २४ घन्टामा कोभिड–१९ को सङ्क्रमणमा परेका यहाँका २ हजार ९९७ जनाको एकै दिनमा ज्यान गएको हो । यो सँगै ब्राजिलमा कोभिडको प्रकोपबाट मृत्यु हुने व्यक्तिको संख्या चार लाख ९३ हजार भन्दा बढी पुगेको पनि सो मन्त्रालयले दिएको समाचारमा जनाइएको छ ।
ब्राजिलमा धेरै पछि यति धेरै नागरिक एकैदिन मृत्यु भएको पाइएको छ । योसँगै यहाँ पछिल्ला केही समयमा प्रकोप बढ्दै गएको देखिएको छ । त्यसैगरी सोही अवधीमा थप ९९ हजार ३६७ जनामा कोरोना भाइरस संक्रमण देखिएको पनि मन्त्रालयले जनाएको छ । त्यसैगरी धेरैपछि यति धेरै संख्यामा सङ्क्रमित भेटिएका पनि बताइएको छ ।
कोरोना भाइरसको संक्रमण शुरु भए बाट ब्राजिलमा हालसम्म १ करोड ७६ लाख ३७ हजार जनाभन्दा बढीमा सो संक्रमण भएको बताइएको छ । स्वास्थ्य मन्त्रालयका अनुसार पछिल्लो समय ब्राजिलमा कोरोना भाइरसको नयाँ प्रजातिको भाइरसका साथै नयाँ नयाँ वेभहरु आइरहेका छन् । यहाँ केही समयअघि सम्म अस्पतालहरूले बिरामीको चाप थेग्न नसकेपछि उपचारमा समस्या भएको जनाएका थिए ।
यस देशमा कोरोना भाइरसबाट सबैभन्दा बढी प्रभावित राज्यका रुपमा साओ पाओलो रहेको छ । साओ पाओलोमा मात्र एक लाख जना भन्दा बढी नागरिकको ज्यान गएको छ । त्यसैगरी सो राज्यमा करिब ४० लाख भन्दा बढी नागरिक कारोना भाइरसबाट संक्रमित भएका छन् । ब्राजिलमा अमेरिकापछि विश्वमै सबैभन्दा धेरै नागरिकको ज्यान गएको छ ।
त्यसैगरी यहाँ भारतपछि सबैभन्दा धेरै नागरिक संक्रमित भएका छन् । केही हप्ता यता यहाँ मृत्यु हुने र संक्रमित हुनेको संख्या घटेको जस्तो देखिए पनि पछिल्ला दिनहरुमा बढेको पाइएको छ । –सिन्ह्वा
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
सचिव पुष्कर प्रधानमन्त्री कार्यालयको जगेडामा तानिए
-
आठ विश्वविद्यालयका उपकुलपतिको सर्टलिस्ट सार्वजनिक
-
परीक्षामा जफत गरिएका मोबाइल नष्ट प्रकरण : अभिभावकले जनाए आपत्ति
-
प्रहरीको प्राविधिक तर्फका ५ डीएसपीको सरुवा
-
एक दशकभित्र सय अर्ब डलरको अर्थतन्त्र बनाउन सकिन्छ : अध्यक्ष पाण्डे
-
एसएसपी अमरेन्द्र सिंहको कार्य विभागमा काज सरुवा
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण