काँग्रेसका शीर्ष नेता आन्तरिक छलफलमा
शुक्रबार, ०४ असार २०७८, १५ : ०४
नेपाली काँग्रेसका शीर्षस्थ नेताबीच आन्तरिक छलफल चलिरहेको छ । केन्द्रीय कार्यसमिति बैठक बस्नुअघि पदाधिकारीसहित शीर्ष नेताबीच बैठक जारी छ । शीर्ष नेताहरु आन्तरिक छलफलमा व्यस्त भएपछि दिउँसो १ बजेका लागि बोलाइएको बैठक अझै सुरु हुन सकेको छैन । कोरोना महामारीको प्रतिकूलताका बीच पार्टीको चौधौं महाधिवेशन भदौ १६–१९ मा कसरी सम्पन्न गर्ने भन्नेमा काँग्रेसमा बहस जारी छ ।
बिहीबारको बैठकमा महाधिवेशनको एजेन्डा प्रवेश गराउँदै सभापति शेरबहादुर देउवाले कुनै हालतमा भदौभित्र महाधिवेशन गरिने बताएका थिए । त्यसका लागि आवश्यक सुझाव राख्न नेताहरूलाई भनेका थिए । आजै बैठक सम्पन्न गरिने भन्दै शीर्ष नेताको तहमा अहिले छलफल भइरहेको केन्द्रीय सदस्य मीन विश्वकर्माले बताए ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
कुकुरेल्लाको खुला घुम्रिएको कपालको भावुक रहस्यः छोराका लागि खुलै राख्छन् कपाल
-
सीजेपी र भारत सरकारबिच आज वार्ता हुँदै
-
सशस्त्र प्रहरीद्वारा तीन महिनामा ३ सय ४७ जनाको सकुशल उद्धार
-
भारत भ्रमणमा रहेका प्रधानन्यायाधीश शर्मालाई सर्वोच्च अदालतमा स्वागत
-
सपना प्रधान मल्ललाई कायम मुकायम प्रधानन्यायाधीशको जिम्मेवारी
-
अस्ट्रेलियन फुटबलर भोल्पाटो कोकिन परीक्षणमा पोजेटिभ
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण