मापदण्डविपरीत व्यवसाय सञ्चालन गर्ने तीन प्रतिष्ठानलाई कारबाही
रुपन्देहीमा मापदण्डविपरीत व्यवसाय सञ्चालन गर्ने तीन प्रतिष्ठानलाई आज जिल्ला प्रशासन कार्यालयले जरिवाना गरेको छ । जिल्ला अनुगमन समितिको नेतृत्वमा आज भैरहवामा भएको अनुगमनको क्रममा मापदण्डविपरीत व्यवसाय सञ्चालन गर्ने रुपन्देहीका तीन व्यवसायिक प्रतिष्ठानलाई जरिवाना गरिएको हो ।
कार्यालयका अनुसार सिद्धार्थनगर नगरपालिका वडा नम्बर ४ मा रहेको आरके एग्रो इण्डष्ट्रिजलाई ५० हजार, वडा नम्बर ६ मा रहेको निमा किराना पसललाई ५ हजार र वडानम्बर ४ कै अम्बे इन्टरनेशनललाई २० हजार जरिवाना गरिएको छ । अनुगमनका क्रममा भ्याट बिल काट्नुपर्नेमा इष्टिमेट विल काटेको, लेबलिङ, मूल्य सूची, खरिदबिक्री दरमा एक रुपमा नभएको पाइएपछि कारबाही स्वरुप जरिवाना गरिएको रुपन्देहीका सहायक प्रमुख जिल्ला अधिकारी विजयराज पौडेलले बताए ।
बिहीबार पनि अनुगमनका क्रममा बुटवलको स्मृति ट्रेडर्स र पड्सरीको शिवजी सब्जी भण्डारलाई २०÷२० हजार रुपैयाँ जरिवाना गरिएको थियो । बाणिज्य कार्यालय प्रमुख टेकराज भट्टराईले उपभोक्तालाई ठग्ने, ऐन–नियम उलंघन गर्नेलाई कानूनी दायरामा ल्याइने बताए । जरिवाना गरिएका फर्मलाई ७ दिनभित्र जरिवाना रकम दाखिला गर्न अनुगमन समितिले निर्देशन समेत दिएको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
रसुवाको टिमुरेमा बन्दरगाह निर्माण कार्य अलपत्र (तस्बिरहरू)
-
क्यान्सर अस्पतालमा ‘लिक्विड अक्सिजन’ प्लान्ट
-
फेरि पनि बालोन डी’ओरमा मेस्सी ? प्रदर्शनले यही भन्छ
-
देवेन्द्रराज पाण्डेको निधनप्रति गगन थापा– राष्ट्रले लोकतन्त्रको सजग पहरेदार गुमायो
-
लोकतान्त्रिक गणतन्त्र स्थापनामा नागरिक अगुवा पाण्डेको योगदान सदैव स्मरणीय रहनेछ : प्रचण्ड
-
बाढी र पहिरोले देशका विभिन्न राजमार्ग अवरुद्ध
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण