गण्डकीमा कोरोना संक्रमणबाट थप ११ जनाको मृत्यु
गण्डकी प्रदेशमा कोरोना भाइरसको संक्रमणबाट थप ११ जनाको मृत्यु भएको छ । प्रदेशमा पछिल्लो २४ घण्टामा विभिन्न अस्पतालमा उपचाररत ११ जनाको मृत्यु भएको हो । गण्डकी प्रदेशका विभिन्न जिल्लामा ११ जना कोरोना संक्रमितको उपचारका क्रममा मृत्यु भएको प्रदेश स्वास्थ्य निर्देशक डा.विनोदबिन्दु शर्माले जनाकारी दिए ।
उनका अनुसार कास्कीमा ४, म्याग्दी ३, बाग्लुङ १, तनहुँ १, गोरखामा १ र नवलपुरमा १ जनाको कोरोना संक्रमणका कारण मृत्यु भएको छ । योसँगै गण्डकी प्रदेशमा कोरोना संक्रमणका कारण मृत्यु हुनेको संख्या ८७६ पुगेको छ ।
त्यसैगरी गण्डकी प्रदेशमा थप १८४ जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ । पछिल्लो २४ घण्टामा १ हजार १२४ जनाको नमुना परीक्षण गरिएकामा १८४ जनामा संक्रमण देखिएको हो ।
संक्रमित मध्ये ९८ पुरुष र ८६ जना महिला रहेको प्रदेश स्वाथ्य निर्देशनालय गण्डकीले जनाएको छ । निर्देशनालयका अनुसार नयाँ संक्रमितहरुमा कास्कीका ८१ सहित म्याग्दीका १ जना, पर्वतका २६ जना, लमजुङका १ जना तनहुँका २८ जना, बाग्लुङका १८ जना स्याङ्जाका २ जना र नवलपुरका १७ जना जनामा कोरोना संक्रमण देखिएको छ । योसँगै गण्डकी प्रदेशमा कोरोना संक्रमितको संख्या ५१ हजार ९५२ पुगेको छ । प्रदेशमा पछिल्लो २४ घण्टामा ५१३ जना जना कोरोना संक्रमणमुक्त भएका छन् । योसँगै गण्डकीमा हालसम्म संक्रमणमुक्त हुनेहरुको संख्या ४६ हजार ४२५ पुगेको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
उपचाररत कलाकार कोपिला थापालाई बोर्ड सदस्य लोहनीको आर्थिक सहयोग
-
फलफूलको गाडीमा लुकाएको ६५२ केजी गाँजा बरामद, ३ जना पक्राउ
-
शैक्षिक परामर्श क्षेत्रका समस्या र नीतिगत सुधारबारे सरोकारवालासँग छलफल गर्दै शिक्षा मन्त्रालय
-
निरंकुश राजतन्त्रबारे पुष्पलालको त्यो भविष्यवाणी– अन्तिम दीप–शिखा हो
-
पुष्पलालको राष्ट्रिय स्वाधीनतासम्बन्धी दृष्टि र आजको सन्दर्भ
-
यस्तो छ आजका लागि कृषिउपजको थोक मूल्य
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण