रुपन्देहीको सैनामैना नगरपालिकाको नीति तथा कार्यक्रम : शिक्षकलाई ल्यापटप
स्वास्थ्य र कृषिलाई प्राथमिकता दिंदै रुपन्देहीको सैनामैना नगरपालिकाले आर्थिक बर्ष २०७८–७९ को बार्षिक नीति तथा कार्यक्रम सार्वजनिक गरेको छ ।
कोरोना महामारीले थपेको चुनौतीलाई मध्यनजजर गर्दै स्वास्थ्य पुर्वाधारको बृद्धि र स्तरोन्नतिलाई उच्च प्राथमिकतामा राखेर ल्याएको छ ।
कोरोना महामारीको उपचारमा संलग्न स्वास्थ्यकर्मीलाई प्रोत्साहित गर्न जोखिम भत्ताको व्यवस्था मिलाइने नीति तथा कार्यक्रममा उल्लेख छ ।
नगर प्रमुख चित्रबहादुर कार्कीले महामारी लामो समयसम्म रहिरहने अवस्था रहेमा नगरपालिका भित्रै सञ्चालनमा रहेको कोभिड १९ अस्थायी अस्पतालमा आइसोलेसन कक्ष, दक्ष जनशक्ति, सुविधा र उपकरण थप गरी क्षमता विस्तार गरिने र कोरोना भाइरस विरुद्धको खोप सबै नगरवासीलाई उपलब्ध गराइने बताए । उनको स्वास्थ्यसँगै शिक्षालाई बिशेष ध्यान दिएको बताए । उनले शिक्षाको गुणस्तर वृद्धि गर्नको शिक्षक क्षमता र साधनस्रोत चाहिने भएको शिक्षकलाई ल्यापटप प्रदान गर्ने नीति रहेको वताए । उनले शिक्षकलाई प्रविधिमा ध्यान दिन लगाने,सालझण्डी स्वास्थ्य चौकीमा प्रयोगशाला सेवा सञ्चालन गर्ने, गर्भवती तथा सुत्केरी पोषण कोसेली कार्यक्रम, जेष्ठ नागरिकको घरमै स्वास्थ्य सेवा कार्यक्रम, हेलो आमा कार्यक्रममार्फत जेष्ठ नागरिक, गर्भवती, सुत्केरी आमाहरूलाई सुरक्षित स्वास्थ्य तथा परामर्श सेवा प्रदान गरिने नगर प्रमुख कार्कीले बताए ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
रसुवाको टिमुरेमा बन्दरगाह निर्माण कार्य अलपत्र (तस्बिरहरू)
-
क्यान्सर अस्पतालमा ‘लिक्विड अक्सिजन’ प्लान्ट
-
फेरि पनि बालोन डी’ओरमा मेस्सी ? प्रदर्शनले यही भन्छ
-
देवेन्द्रराज पाण्डेको निधनप्रति गगन थापा– राष्ट्रले लोकतन्त्रको सजग पहरेदार गुमायो
-
लोकतान्त्रिक गणतन्त्र स्थापनामा नागरिक अगुवा पाण्डेको योगदान सदैव स्मरणीय रहनेछ : प्रचण्ड
-
बाढी र पहिरोले देशका विभिन्न राजमार्ग अवरुद्ध
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण