पटक–पटक घरमा गाडी छिर्दा पनि बनेन वैकल्पिक सडक
गुल्मीको सदरमुकाम तम्घासको मिलनचोकवासी ओरालो र साँघुरो सडकका कारण असुरक्षित हुँदै आएका छन् । हरेक वर्ष सवारी साधनहरुले घरमा ठक्कर दिने र क्षति पुराउने गरेका छन् । यसवर्ष मात्रै मिलनचोकदेखि आदर्शचोकसम्मका चार वटा घरमा विभिन्न सवारी साधनहरुले घरमा ठक्कर दिएर लाखौंको क्षति पुराइसकेका छन् ।
शनिवार विहान १० बजेको समयमा पनि लु २ ख २५७८ नम्वरको ट्रिपर आदर्शचोकका नविन पाण्डेको घर भित्रै छि¥यो । घरको कम्पाउण्ड भत्काउँदै मान्छे बसिरहेको कोठाको ढोकामा ट्रिपरको पछाडिको भाग आइपुग्दा पछाडीको ढोकाबाट भागेर मानिसहरु बाँच्न सफल भएका थिए ।
पाण्डेले घटनामा करिब ५ लाख बराबरको क्षति भएको बताए । तम्घासखोलामा निर्माणधिन पुलमा ढुङ्गा लिएर आएको उक्त ट्रिपर ब्याक गर्ने क्रममा पाण्डेको घरभित्र छिरेको प्रत्यक्षदर्शीले बताए ।
एक वर्षमा मिलनचोक क्षेत्रका चार वटा घरहरुमा गाडीहरूले ठक्कर दिएर क्षति गरेको र पछिल्लो डेढ महिनाको अन्तरालमा मात्रै एउटा ट्रक र ट्रिपरले दुई वटा घरहरुमा क्षति पुराएको आदर्शचोकका वासिन्दा रामप्रसाद पन्थीले बताए ।
तम्घास साहुटोलका समाज सेवी शालिक पन्थीले साँघुरो र व्यस्त सडक भएका कारण उदिनढुङ्गा जिप पार्क देखि आदर्शचोकसम्मको भित्री वैकल्पिक सडक बनाउन पाँच वर्ष अघिदेखि सुरु गरिएको जानकारी दिए । उक्त सडक जम्मा ३ सय ३० मिटर दुरीको भए पनि अझै सम्पन्न हुन नसकेको उनको भनाइ छ । २० फिट चौडासहित उक्त सडक अहिलेसम्म ९० प्रतिशत सम्पन्न भएको बताइएको छ । रेसुङ्गा नगरपालिकाले उक्त सडकको निकासका लागि एउटा घरलाई मुआब्जा दिएपनि हालसम्म कार्यान्वयन हुन नसक्दा निर्माण सम्पन्न हुन ढिलाइ भएको पन्थीको भनाइ छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
रसुवाको टिमुरेमा बन्दरगाह निर्माण कार्य अलपत्र (तस्बिरहरू)
-
क्यान्सर अस्पतालमा ‘लिक्विड अक्सिजन’ प्लान्ट
-
फेरि पनि बालोन डी’ओरमा मेस्सी ? प्रदर्शनले यही भन्छ
-
देवेन्द्रराज पाण्डेको निधनप्रति गगन थापा– राष्ट्रले लोकतन्त्रको सजग पहरेदार गुमायो
-
लोकतान्त्रिक गणतन्त्र स्थापनामा नागरिक अगुवा पाण्डेको योगदान सदैव स्मरणीय रहनेछ : प्रचण्ड
-
बाढी र पहिरोले देशका विभिन्न राजमार्ग अवरुद्ध
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण