पक्की घर कच्ची मोटरबाटोको शिकार
गुल्मी । गुल्मीको सदरमुकाम तम्घास नजिकै वेदुखर्क टोलको वस्ती तल पनि मोटरबाटो माथी पनि कच्ची मोटरबाटो खनिएका कारण उच्च जोखिमा परेको छ । २०/२२ घरधुरी रहेको त्यो एउटा सानो टोलको तल माथी र बिचमा गरेर तिन वटा मोटर बाटाहरु छन् । अगाडी एउटा मुख्य सडक छ ।
त्यसदेखि २ सय मिटर तल भिरमुनी अर्को मोटर बाटो खनिएको छ । घरै माथी सय मिटर दुरीमा फेरी अर्को मोटरबाटो खनिएको छ । यसरी घर वस्तीको तल माथी मोटरबाटो खनिए पछि वर्षायाम लागे लगत्तै माथिबाट पुर्ने हो कि तलबाट तानेर बगाउने हो भन्ने पिर चिन्ता र त्रासमा रहेका हुन् त्यहाँका वासीन्दाहरु ।
असार १ गते देखि माथिको मोटरबाटो बाट पहिरो झर्ने र तल्लो मोटरबाटोबाट पनि पहिरोले तान्ने क्रम चलिरहेको छ । टोलको बिचमा तम्घास अर्घाखाँची मुख्य सडक हालसालै कालोपत्रे गरिए पनि हिलोम्मे छ । तिन दिन अघि माथिल्लो मोटरबाटोबाट आएको पहिरोले पुरेर त्यहाँका पाँच घर विस्थापित भई भई सकेका छन भने अन्य घरहरु उच्च जोखिममा रहेका छन् ।
त्यस टोलका रामबहादुर खड्का, लक्ष्मी कुँवर, कविता कुँवर, तुल्सीराम कुँवर र वोमनारायण सुवेदीको परिवार विस्थापित भएका हुन । तलै मोटरबाटो माथी मोटरबाटोका कारणहरु आफुहरु उच्च जोखिमा परेको तुल्सीराम कुँवरले बताए । उनीहरुको वस्ती देखि २ सय मिटर तल तम्घास खाम्सेपानी हुँदै प्युठान जोड्ने सडक खनिएको छ ।
वस्ती अगाडी तम्घास अर्घाखाँची मुख्य सडक र वस्तीको सय मिटर माथी वेदुखर्क भुजेलर्ख कच्ची सडक खनिएका कारण त्यो वस्ती उच्च जोखिमा परेको हो । त्यस्तै रेसुङ्गा नगरपालिका वडा नम्वर ३ भाडगाउँको २२ घरधुरी दलित वस्ती मोटरबाटो कै कारण पहिरोले उच्च जोखिमा परेको र उनीहरुलाई वस्तीबाट विद्यालयमा लगे राखिएको वडाध्यक्ष थम्मनबहादुर केसीले बताए ।
त्यस गाउँमा पनि तल र माथी गरि दुई वटा मोटर बाटाहरु छन् । जिल्लाका अधिकांश स्थानमा मोटरबाटो कै कारण बस्तीहरु उच्च जोखिममा परेका छन् । कालिगण्डकी गाउँपालिकाको केन्द्र रहेको स्थान पुर्तिघाट बजारको एउटा पाउरोटी उद्योग सहित माथी मोटरबाटोबाट चर्किएको जमिन खस्ने १२ घरपरिवार विस्थापित भएको त्यस गाउँपालिका अध्यक्ष वेद थापा मगरले बताए ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
रसुवाको टिमुरेमा बन्दरगाह निर्माण कार्य अलपत्र (तस्बिरहरू)
-
क्यान्सर अस्पतालमा ‘लिक्विड अक्सिजन’ प्लान्ट
-
फेरि पनि बालोन डी’ओरमा मेस्सी ? प्रदर्शनले यही भन्छ
-
देवेन्द्रराज पाण्डेको निधनप्रति गगन थापा– राष्ट्रले लोकतन्त्रको सजग पहरेदार गुमायो
-
लोकतान्त्रिक गणतन्त्र स्थापनामा नागरिक अगुवा पाण्डेको योगदान सदैव स्मरणीय रहनेछ : प्रचण्ड
-
बाढी र पहिरोले देशका विभिन्न राजमार्ग अवरुद्ध
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण