पुल बन्यो अब मोटरबाटो पनि बन्ला नि : अध्यक्ष ढकाल
गुल्मीको बडिगाड खोलामा गत सात आठ बर्ष देखि अलपत्र परेको पुल निर्माणको कार्य कतिपय सम्पन्न भएका छन् भने कतिपय अन्तिम चरणमा पुगेका छन् ।
एउटै सत्यवती गाउँपालिका भित्र ५ सय मिटरको दुरीमा चार वटा पक्की पुलको तत्कालिन सांसद तथा नेपाली कांग्रेसका नेता चन्द्र भण्डारीले शिलान्यास गरेका थिए । तर उनको कार्यकाल अवधिभर निर्माण कार्य अलपत्र प¥यो ।
तर पछिल्लो दुई बर्ष यता पुल निर्माण कार्यले तिब्रता पायो । जसका कारण उल्लीखोला पुलको निर्माण कार्य सकिएको छ । सत्यवती गाउँपालिका अध्यक्ष पारिश्वर ढकालले उक्त पुल सम्पन्न भई सकेको आफुलाई जानकारी आएको बताए । त्यस्तै शाहघाटको पुल र चोरकाटे पुल निर्माणको ७५ देखि ८० प्रतिशत काम सम्पन्न भई सकेको उनले जानकारी दिए ।
त्यस्तै खैरेनीको पुलको पुलको काम सुरु भएको उनले बताए । पक्की पुल त कतै सम्पन्न भए कतै हुने चरणमा छन् तर ति मध्येका कतिपय पुल सम्म आउने मोटरबाटो नै खनिएको छैन त ? भन्ने प्रश्नमा अध्यक्ष ढकालले भने–‘ हो सात आठ बर्ष देखि अलपत्र परेका पक्की पुलहरू बने र धमाधम बन्दै पनि छन् अब मोटरबाटोहरु पनि बन्ला नि । ’
उनले पुल बनेका स्थान सम्म ट्रयाक खोलिए पनि पुल सम्म आउने मोटरबाटो सहज नभएको बताए । सिस्ने र चोरकाटेको पुल छत्रकोट गाउँपालिका १ हुँगा गाउँको पुछारमा रहेको, ट्रयाक खोलिए पनि पहिरोले पुल सम्म जाने मोटरबाटो नभएको र अब हिउँद लागे पछि खोलिने त्यस वडाका वडाध्यक्ष धातानन्द भण्डारीले बताए ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
रसुवाको टिमुरेमा बन्दरगाह निर्माण कार्य अलपत्र (तस्बिरहरू)
-
क्यान्सर अस्पतालमा ‘लिक्विड अक्सिजन’ प्लान्ट
-
फेरि पनि बालोन डी’ओरमा मेस्सी ? प्रदर्शनले यही भन्छ
-
देवेन्द्रराज पाण्डेको निधनप्रति गगन थापा– राष्ट्रले लोकतन्त्रको सजग पहरेदार गुमायो
-
लोकतान्त्रिक गणतन्त्र स्थापनामा नागरिक अगुवा पाण्डेको योगदान सदैव स्मरणीय रहनेछ : प्रचण्ड
-
बाढी र पहिरोले देशका विभिन्न राजमार्ग अवरुद्ध
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण