यस्तो मेरो देश
-राजन झा
कति राम्रो देश, चारैतिर हरियाली
विश्वमै छ चर्चित, हाम्रो मेची–महाकाली
दक्षिणतिर भारत, उत्तरतिर हाम्रो चीन,
यस्तो मेरो देश, गर्वले मुखमा छ लाली ।
सानै भए देश, हाम्रो ठूलो इतिहास हो
वीर पुर्खाले हाम्रो बचाएको यो सास हो ।
कति छ पवित्र सती सीताको यो देश
काठमाडौँमा हेर पशुपतिजीको बास हो ।
सर्वोच्च सागरमाथा, हाम्रो चिनो यो नेपालको,
चम्किँदैछ देश हाम्रो, पर्वत यो हिमालको ।
थरिथरि जातजाति, फरक फरक धर्म,
एकताले बनेको यो देश नै विशाल हो ।
विश्वमै प्रसिद्ध, गोर्खालीको यो वीरता,
सुखी, शान्ति देश, मान्छेमा छ अस्थिरता ।
गरूँ के बखान हाम्रो देश नै महान हो,
सोध कसैसित हाम्रो पौरखको वीरता ।।
अन्नको छ खानी, मिहिनेती त किसान हो,
रक्षा गर्दै देशको, पुर्खाले दिए ज्यान हो ।
हिमाल, पहाड, तराई मिली बनेछ यो देश,
भनुँ अझै के नेपाल देश नै महान् हो ।
अमर हाम्रो देश, जबसम्म सूर्य–चन्द्रमा,
रातो रङ वीरता, कर्तव्य त्यो काँधमा ।
निलो छ हेराउँदै हाम्रो शान्तिको प्रतीक,
कहीँ जाने काम के यो विश्व नै नेपालमा ।
कति राम्रो देश, चारैतिर हरियाली
विश्वमै छ चर्चित, हाम्रो मेची–महाकाली ।
दक्षिणतिर भारत, उत्तरतिर हाम्रो चीन
यस्तो मेरो देश, गर्वले मुखमा छ लाली ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
मनसुन अवधिभर विशेष सावधानी अपनाउन प्राधिकरणको आग्रह
-
‘ग्रे लिस्ट’बाट हटाउन सबैको संयुक्त प्रयास आवश्यकः महालेखापरीक्षक राया
-
खैरो हेरोइनसहित दुई महिला पक्राउ
-
बिल बिजक नराख्नेलाई विभागको जरिवाना
-
१२ बजे १२ समाचार: बालेन सरकारको कूटनीतिमाथि विपक्षीको प्रश्न, कोशीमा मुख्यमन्त्री बन्न दौडधुप
-
इरानमाथि पुनः नाकाबन्दी लागू गरेयता ९ जहाजको मार्ग परिवर्तन गराइएको अमेरिकी सेनाको दाबी
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण