झापामा पोखरीमा डुबेर एक पुरुषको मृत्यु
जिल्लाको अर्जुनधारा नगरपालिका ११ मा पोखरीमा डुबेर एक जनाको मृत्यु भएको छ । मृत्यु हुनेमा सोही स्थान बस्ने बर्ष ४० को माइकल सोरेन रहेको प्रहरीले जनाएको छ । आइतबार करिब ५ बजेर ४० मिनेट जाँदा सोरेन पोखरीमा डुबेर बेपत्ता भएको स्थानीयले प्रहरीलाई जानकारी गराएका थिए ।
जानकारी पाएलगत्तै श्रीनाथ गण चारआलीका क्याप्टेन प्रशान्त केसीको नेतृत्वमा १८ जना नेपाली सेना, शनिश्चरे प्रहरी चौकी, बिपत ब्यवस्थापन कार्यालय चन्द्रगढी, इलाका प्रहरी कार्यालय अनारमनीका गरि करिब २० जना नेपाल प्रहरी र स्थानीयबासीले पौने १२ बजेसम्म खोजतलास गरेपनि लास फेला पार्न सकेको थिएन ।
पुनः ७ गते बिहानै देखि सोरेनको खोजी गर्दा बिहानको १० बजे लास फेला पारी पोस्टमार्टमको लागि मेची अस्पताल भद्रपुर पठाइएको जिल्ला प्रहरी कार्यालय झापाका प्रवक्ता डिएसपी राकेश थापाले बताए । मृतक सोरेन अर्जुनधारा नगरपालिकाका मेयर हरी रानाको घरमा काम गरि उनकै घर नजिकै रहेको पोखरीमा माछा मार्ने क्रममा डुबेको प्रहरी कार्यालयले जनाएको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
फलफूलको गाडीमा लुकाएको ६५२ केजी गाँजा बरामद, ३ जना पक्राउ
-
शैक्षिक परामर्श क्षेत्रका समस्या र नीतिगत सुधारबारे सरोकारवालासँग छलफल गर्दै शिक्षा मन्त्रालय
-
निरंकुश राजतन्त्रबारे पुष्पलालको त्यो भविष्यवाणी– अन्तिम दीप–शिखा हो
-
पुष्पलालको राष्ट्रिय स्वाधीनतासम्बन्धी दृष्टि र आजको सन्दर्भ
-
यस्तो छ आजका लागि कृषिउपजको थोक मूल्य
-
उत्कृष्ट अभिनेता अभिनेत्री बन्दै दीपकराज र मिरूनाले जिते एक हजार डलर पुरस्कार
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण