लुम्बिनी प्रदेशिक अस्पालमा सस्तोमा औषधि
लुम्बिनी प्रादेशिक अस्पताल बुटवलले फार्मेसी सेवालाई थप विस्तार गरेको छ । अस्पतालले यसअघि रहेको दुई वटा फार्मेसी सेवासँगै आजदेखि नयाँ अन्तरङ्ग फार्मेसीको शुरुवात गरेको हो ।
एक समारोहका बीच लुम्बिनी प्रदेशिक अस्पताल विकास समिति अध्यक्ष सूर्य बहादुर भट्टराईले फार्मेसीको उद्घाटन गरे । यससँगै अब अस्पतालमा आउने बिरामीले निजी औषधी पसलमा गएर महँगोमा औषधि किन्नुपर्ने बाध्यताको अन्त्य भएको बताए । उनले अस्पतालमा आउने बिरामीलाई स्तरीय र सहज सेवा प्रदानका लागि अस्पतालले संकल्प गरेको बताए।
अस्पतालका मेडिकल सुपरिटेन्डेन्ट डा .राजेन्द्र खनालले अस्पतालको आम्दानी स्रोत अहिले विमा र फार्मेसी बनेको बताए । लुम्बिनी प्रदेशिक अस्पतालका फार्मेसी अधिकृत पदम खनालले अस्पताल भित्र फार्मेसी संचालन गर्दा विरामी औषधी खरिदको लागि अन्यत्र जाने झन्झट हट्ने र सस्तो मुल्यमा औषधी पाउने दावी गरे ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
रसुवाको टिमुरेमा बन्दरगाह निर्माण कार्य अलपत्र (तस्बिरहरू)
-
क्यान्सर अस्पतालमा ‘लिक्विड अक्सिजन’ प्लान्ट
-
फेरि पनि बालोन डी’ओरमा मेस्सी ? प्रदर्शनले यही भन्छ
-
देवेन्द्रराज पाण्डेको निधनप्रति गगन थापा– राष्ट्रले लोकतन्त्रको सजग पहरेदार गुमायो
-
लोकतान्त्रिक गणतन्त्र स्थापनामा नागरिक अगुवा पाण्डेको योगदान सदैव स्मरणीय रहनेछ : प्रचण्ड
-
बाढी र पहिरोले देशका विभिन्न राजमार्ग अवरुद्ध
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण