धनुषामा एक साता थपियो निषेधाज्ञा,आंशिक खुकुलो बनाउने निर्णय
धनुषामा निषेधाज्ञा एक साताका लागि लम्ब्याइने भएको छ । स्थानीय प्रशासनले निषेधाज्ञाआंशिक खुकुलो गर्ने निर्णयसहित एक हप्ता लम्ब्याइएको हो । जिल्लामा योसहित सातौं पटक निषेधाज्ञाको समयावधि थपिएको छ । जिल्ला संकट व्यवस्थापन समिति धनुषाको सोमबार बसेको बैठकले आगामी असार १४ गते राति १२ बजेसम्मका लागि निषेधाज्ञालाई जारी राख्ने निर्णय गरेको हो ।
एक हप्ता निषेधाज्ञालाई निरन्तरता दिने निर्णय भएको धनुषाका प्रमुख जिल्ला अधिकारी बन्धुप्रसाद बास्तोलाले जानकारी दिए । बास्तोलाले आवश्यकीय पसलहरु बिहानदेखि दिउँसो ३ बजेसम्म सञ्चालन गर्न सकिने बताए । त्यस्तै निजी सवारी साधनहरु (मोटरसाइकल समेत) ट्याक्सी र टेम्पु जोर गते जोर नम्बर र बिजोर गते बिजोर नम्बर सञ्चालन हुने जनाइएको छ ।
त्यस्तै विद्यालयहरुमा भीडभाड हुन नदिई आलोपालो गरी पुस्तकहरू वितरणको व्यवस्था गर्न सकिने, सरकारी, अर्ध सरकारी कार्यालय, स्थानीय तह एवम् संस्थानहरूले भीडभाड हुन नदिई आलोपालो गरी नियमित सेवा सुचारु गर्न सक्ने निर्णय समेत बैठकले गरेको छ । बैंक एवं वित्तीय संस्थाहरुले भने नियमित सेवा सुचारु गर्नसक्ने बास्तोलाले बताए ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
चक्रपथको कलंकी–बसुन्धारा खण्ड निर्माण दसैँ–तिहारपछि (तस्बिर)
-
उपचाररत कलाकार कोपिला थापालाई बोर्ड सदस्य लोहनीको आर्थिक सहयोग
-
फलफूलको गाडीमा लुकाएको ६५२ केजी गाँजा बरामद, ३ जना पक्राउ
-
शैक्षिक परामर्श क्षेत्रका समस्या र नीतिगत सुधारबारे सरोकारवालासँग छलफल गर्दै शिक्षा मन्त्रालय
-
निरंकुश राजतन्त्रबारे पुष्पलालको त्यो भविष्यवाणी– अन्तिम दीप–शिखा हो
-
पुष्पलालको राष्ट्रिय स्वाधीनतासम्बन्धी दृष्टि र आजको सन्दर्भ
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण