रोल्पामा पहिरोले घर बगाउँदा एकै परिवारका तीनको मृत्यु
बुधबार, ०९ असार २०७८, १० : ३९
रोल्पामा पहिरोले घर बगाउँदा एकै परिवारका तीन जनाको मृत्यु भएको छ । रोल्पा नगरपालिका –९ होमा भन्ने गाउँका टिका सिंह बुढा मगरको गएराति पहिरोले घर बगाउँदा तीन जनाको ज्यान गएको हो ।
रोल्पा जिल्ला प्रहरी कार्यालयका प्रवक्ता प्रहरी निरीक्षक कृष्ण रानाका अनुसार गएराति १२ बजेको समयमा अविरल वर्षासँगै आएको पहिरोले बुढामगरकी आमा ८६ बर्षीया करती बुढामगर , १८ बर्षीया बुहारी सुशीला बुढा मगर र १५ बर्षीया छोरी श्यामकला बुढामगरको पहिरोमा पुरिएर ज्यान गएको हो ।
घटनास्थलमा जिल्ला प्रहरी प्रमुख डिएसपी नरेश राज सुवेदी सहितको टोली जाँदै गरेको प्रवक्ता रानाले बताए । ६ जनाको परिवार रहेको बुढा मगर आफू, उनकी श्रीमती र छोरा भने बाँच्न सफल भएको प्रहरी निरीक्षक रानाले बताए ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
रसुवाको टिमुरेमा बन्दरगाह निर्माण कार्य अलपत्र (तस्बिरहरू)
-
क्यान्सर अस्पतालमा ‘लिक्विड अक्सिजन’ प्लान्ट
-
फेरि पनि बालोन डी’ओरमा मेस्सी ? प्रदर्शनले यही भन्छ
-
देवेन्द्रराज पाण्डेको निधनप्रति गगन थापा– राष्ट्रले लोकतन्त्रको सजग पहरेदार गुमायो
-
लोकतान्त्रिक गणतन्त्र स्थापनामा नागरिक अगुवा पाण्डेको योगदान सदैव स्मरणीय रहनेछ : प्रचण्ड
-
बाढी र पहिरोले देशका विभिन्न राजमार्ग अवरुद्ध
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण