सुरक्षा परिषद बैठकमा अफगानिस्तानको पछिल्लो अवस्थाप्रति चीनको चासो
अफगानिस्तानमा जारी पछिल्ला हिंसात्मक घटनाप्रति चीनका वरिष्ट कुटनीतिज्ञले मंगलबार चासो व्यक्त गरेका छन् । उनले अफगानिस्तानमा देखा परेका समस्याको समाधानका लागि अन्तर्राष्ट्रिय समुदायले मद्दत गर्न आह्वान पनि गरे ।
अफगानिस्तानको वर्तमान परिस्थिति गम्भीर मोडमा पुगेको र अनिश्चितताको नयाँ चरणमा प्रवेश गरेको देखिएको छ । संयुक्तराज्य अमेरिका र नेटोले आगामी सेप्टेम्बर ११ अघि नै अफगानिस्तानमा तैनाथ सैनिक फिर्ता लैजाने घोषणा गरेसँगै परिस्थिति थप जटिल बनेको छ ।
‘अन्तर–अफगान मध्यस्थता वार्तामा प्रगति हुनुको साटो अझ जटिलता थपिएको छ । सुरक्षा अवस्थामा पनि निरन्तर खस्किँदो अवस्थामा छ भने आर्थिक तथा मानवीय अवस्था कमजोर हुँदै गएको छ’ राष्ट्रसंघका लागि चीनका स्थायी प्रतिनिधि झाङ जुनले बताए ।
सुरक्षा परिषद बैठकमा सम्बोधन गर्दै श्री झाङले भने, “चीनले यस अवस्थाका बारेमा गहिरो चासो व्यक्त गर्दछ । अफगानिस्तानको वर्तमान अवस्था सिर्जना भइरहेका कारणका बारेमा हामीले निकै ध्यानपूर्वक विचार गर्नु आवश्यक छ । अफगानिस्तानमा दिगो स्थायित्व हासिल गर्न सबै पक्षले ध्यान दिनु आवश्यक छ ।”
‘अफगानिस्तानको भविष्य अफगानी जनताकै हातमा छ र भावी राजनीतिक व्यवस्थाका बारेमा पनि स्वतन्त्रतापूर्वक निर्णय गर्ने अधिकार अफगानी जनतालाई नै दिनुपर्दछ’ उनले भने । अन्तर्राष्ट्रिय समुदायले अफगानी नेतृत्व र अफगानी जनताकै स्वामित्वको सिद्धान्तबाट अघि बढ्नुपर्ने बताउँदै उनले अफगानिस्तानमा शान्ति प्रक्रियालाई स्वच्छ र पारदर्शी रुपमा अगाडि बढाउनुपर्ने बताए ।
श्री झाङले अफगानिस्तानका सबै पक्षहरुले मुलुक र यसका जनताको चासोलाई ध्यानमा राख्नु पर्दछ भन्दै अफगानिस्तानको राष्ट्रिय अवस्थालाई सुहाउँदो शासकीय मोडेल र विकास मार्ग चुन्न सक्ने वातावरण बनाउनुपर्ने बताए ।
चीनले अफगानिस्तानमा शान्ति प्रक्रियामा मद्दत गर्न, मध्यस्थता गर्न र सहजीकरण गर्न निरन्तर मद्दत गरिरहने उनले बताए । –सिन्ह्वा
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
तराईका विभिन्न जिल्लामा तातो हावाकाे लहरको सम्भावना, सतर्कता अपनाउन आग्रह
-
१५ लाख ७० हजार लाइसेन्स छापिए, एक वर्षभन्दा कम म्यादका अब नछापिने
-
राष्ट्रिय विधि विज्ञान प्रयोगशाला विधेयकलाई परिस्कृत गर्न सहजीकरण गर्ने शिक्षामन्त्रीको प्रतिबद्धता
-
पासपोर्ट बनाउन कति सहज ?
-
१७ लाख ३० हजार बराबरका मोटरसाइकल बरामद
-
‘लुपर’ किराको प्रकोपले झापाको चिया क्षेत्र सङ्कटमा, उत्पादनदेखि निर्यातसम्म असर पर्ने चिन्ता
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण