मोरङमा छुट्टाछुट्टै घटनामा परेर २ जनाको मृत्यु
मोरङमा छुट्टाछुट्टै घटनामा परी २ जनाको मृत्यु भएको छ। करेन्ट लागेर र चट्याङ लागेर उनीहरुको मृत्यु भएको प्रहरीले जनाएको छ । बिराटनगर १५ भट्टाचोकमा निर्माणाधिन बजरङवली मन्दिरमा काम गर्ने भारतीय मजदूरको करेन्ट लागेर मृत्यु भएको छ ।
मृत्यु हुनेमा भारत जोगबनी हाजिमहला घर भई हाल विराटनगर १७ रानी बस्तीमा डेरा गरी बस्ने २५ बर्षीय तावारुल आलम रहेका छन् । आज दिउँसो १ बजे रड बान्ने तार काट्ने क्रममा तार काटने मेसिनबाट करेन्ट लागेर गम्भिर घाइते भएका आलमको न्युरो अस्पताल विराटनगरमा उपचारको क्रममा दिउँसो साढे १ बजे मृत्यु भएको हो ।
त्यसैगरी मोरङको रंगेली नगरपालिका ६ मलङ्गथानस्थित पिठारीको रुखमुनि सितल छहारीमा गफ गरी बसिरहेको अवस्थामा अचानक चट्याङ्ग पर्दा १ जनाको मृत्यु भएको छ भने ४ जना घाइते भएका छन् । आज दिउँसो साढे १ बजे परेको चट्याङबाट गम्भिर घाइते भएका सोही स्थानका २० वर्षीय नितेश रायको रंगेली अस्पतालमा पुर्याउना साथ मृत्यु भएको हो । सोही स्थानका ४५ वर्षीय अशोक मण्डल, १७ वर्षीय विजय मण्डल, २२ वर्षीय संगिता राय र २७ वर्षीय रविन मण्डल घाइते भएका हुन् । घाइतेहरुको रङेली अस्पतालमा उपचार भइरहेको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
बाँकेमा मल मौज्दात, वितरण नहुँदा किसान मर्कामा
-
७७ वटै जिल्लामा रास्वपाको अधिवेशन : कुन जिल्लामा कहिले ?
-
गृहमा सुधनको ‘कमब्याक’ भण्डारीको प्रतिवेदनमा निर्भर !
-
एथलेटिक्समा बागमतीलाई सर्वाधिक स्वर्ण, तीन जुनियर राष्ट्रिय कीर्तिमान कायम
-
अमेरिकी सिनेटले सीमा गस्तीका लागि छुट्ट्यायो ७० अर्ब डलरको अतिरिक्त बजेट
-
४४ जना प्रहरी अधिकृतलाई दर्ज्यानी चिन्ह प्रदान
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण