पहिरोले पुरेर घाइते बुढामगरलाई सेनाको हलिकप्टरद्वारा उद्धार
गत राति रोल्पामा पहिरोले पुरिएर गम्भीर घाइते भएका एक जना व्यक्तिलाई बुधबार दिउँसो नेपाली सेनाको हेलिकप्टरले उद्धार गरी उपचार गर्न लगेको छ । मंगलबार राति रोल्पा नगरपालिका वडा नम्वर–९ को होमा गाउँका टीका सिंह बुढा मगरका परिवारका ३ जना सदस्यको पहिराले घर बगाउँदा मृत्यु भएको थियो भने उनी गम्भीर घाइते भएका थिए ।
गाडी आवतजावत नहुने भएपछि रोल्पा सदरमुकामबाट बिहान साढे चार बजेको समयमा हिँडेर घटनास्थलमा बुधबार साढे चार घण्टाको बाटो हिँडेर पुगेका रोल्पाका प्रहरी प्रमुख डिएसपी नरेशराज सुवेदीले हेलिकप्टर बिना शव उठाउन र गम्भीर घाइतेलाई उपचार गर्न लैजान नसक्ने रातोपाटीसँग बताएका थिए ।
प्रहरी प्रवक्ता प्रहरी निरीक्षक कृष्ण रानाले त्यसको केहि समय पछि नेपाली सेनाको हेलिकप्टर घटना स्थलमा पुगेर तीनवटा शव सदरमुकामका अस्पतालमा छाडेर गम्भीर घाइते बुढा मगरलाई लुम्बिनी प्रादेशिक अस्पताल बुटवल उपचारका लागि लगिएको जानकारी दिए ।
घाइते बुढा मगरकी आमा ८६ वर्षीया करमिता बुढा मगर, १८ बर्षीया बुहारी सुशिला र १५ वर्षीया छोरी श्यामकलाको गएराती नै घर पहिरोले बगाउँदा मृत्यु भएको थियो । बुढा मगरकी श्रीमती सुनमाया र ९ वर्षीय छोरा शक्तिमान घाइते छन् । सामन्य घाइते उनीहरुको स्थानीय स्तर मै उपचार भई रहेको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
रसुवाको टिमुरेमा बन्दरगाह निर्माण कार्य अलपत्र (तस्बिरहरू)
-
क्यान्सर अस्पतालमा ‘लिक्विड अक्सिजन’ प्लान्ट
-
फेरि पनि बालोन डी’ओरमा मेस्सी ? प्रदर्शनले यही भन्छ
-
देवेन्द्रराज पाण्डेको निधनप्रति गगन थापा– राष्ट्रले लोकतन्त्रको सजग पहरेदार गुमायो
-
लोकतान्त्रिक गणतन्त्र स्थापनामा नागरिक अगुवा पाण्डेको योगदान सदैव स्मरणीय रहनेछ : प्रचण्ड
-
बाढी र पहिरोले देशका विभिन्न राजमार्ग अवरुद्ध
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण