दाङमा खहरे खोलाले बगाउँदा एक पुरुषको मृत्यु
बुधबार, ०९ असार २०७८, २३ : ०३
खहरे खोलाले बगाउँदा आज एक पुरूषको मृत्यु भएको छ । मृत्यु हुनेमा लमही नगरपालिका- ३ फल्कापुर निवासी ३५ वर्षीय मणिराम चौधरी छन् ।
जिल्ला प्रहरी कार्यालय दाङका प्रहरी नायब उपरीक्षक मुकुन्द रिजालका अनुसार लगातार वर्षापछि फल्कापुरदेखि माथि खहरे खोला बढेर बगाउँदा गम्भीर घाइते भएका चौधरीको उपचारका क्रममा लमही अस्पतालमा आज साँझ ५ बजेतिर मृत्यु भएको हो ।
उनी खेतको कामबाट फर्किने क्रममा खोलाले बगाउँदा गम्भीर घाइते भएका थिए । शव परीक्षणका लागि लमही अस्पतालमा राखिएको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
क्यान्सर अस्पतालमा ‘लिक्विड अक्सिजन’ प्लान्ट
-
फेरि पनि बालोन डी’ओरमा मेस्सी ? हो, प्रदर्शनले यही भन्छ
-
देवेन्द्रराज पाण्डेको निधनप्रति गगन थापा– राष्ट्रले लोकतन्त्रको सजग पहरेदार गुमायो
-
लोकतान्त्रिक गणतन्त्र स्थापनामा नागरिक अगुवा पाण्डेको योगदान सदैव स्मरणीय रहनेछ : प्रचण्ड
-
बाढी र पहिरोले देशका विभिन्न राजमार्ग अवरुद्ध
-
ईम्पेरियल इन्जिनियरिङ कलेजको नेतृत्वमा इन्जिनियरिङ काउन्सिलका पूर्व रजिष्ट्रार नियुक्त
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण