दाङमा चेक बाउन्समा ८ जना पक्राउ
बैंकिङ कसुरमा दाङमा प्रहरीले ८ जनालाई पक्राउ गरेर मुद्धा चलाएको छ। पटक पटकसम्म चेक काटेर दिएको तर चेक बाउन्स भएपछि पीडितहरुले आफू ठगिएको महसुस गरी प्रहरीमा उजुरी दिएपछि ८ जना चेक बाउन्समा पक्राउ परेका हुन् ।
अहिले चेक बाउन्सको मुद्धाको उजुरी दिनहुँ प्रहरी समक्ष आइरहेकै छन् । जिल्ला प्रहरी कार्यालय दाङका प्रवक्ता तथा डिएसपी मुकुन्द रिजालका अनुसार यो आर्थिक वर्षमा १९ वटा चेक बाउन्सको मुद्धा दर्ता गरेर प्रहरीले घटनाको अनुसन्धान गरिरहेको छ ।
जिल्ला प्रहरी कार्यालय दाङका मुद्दा फाँटका प्रहरी निरीक्षक मोहनजङ्ग बुढा मगरले चेक बाउन्सको मुद्दा प्रहरीमा आइरहेको भन्दै चालू आर्थिक वर्षमा १९ वटा बैंक कसुरमा मुद्दा दर्ता भएको र ती मुद्दा ८ जना अभियुक्तलाई प्रहरीले समातिसकेको जानकारी दिए । बुढाले दिएको जानकारीअनुसार बैंक कसुरमा ११ जना फरार रहेको र १९ जना विरुद्ध मुद्दा चलिरहेको छ ।
बैंकमा मौज्दात पैसा नभइ ठग्ने मनसायले चेक काटेर दिएमा बैंक कसुर मुद्दा आकर्षित हुने उनको भनाइ छ । बैंक कसुर मुद्दामा बिगो अनुसार असुल उपर गरेर बिगो बराबरको थप जरिवाना गर्ने कानुनी व्यवस्था छ । चेक काटेको मितिले १ वर्षसम्म बैंक कसुर मुद्दा लाग्ने प्रहरीले जनाएको छ । चेक बाउन्समा १५ लाखसम्मका मुद्धा प्रहरीमा आउने गरेको प्रहरी निरीक्षक बुढाले बताए ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
रसुवाको टिमुरेमा बन्दरगाह निर्माण कार्य अलपत्र (तस्बिरहरू)
-
क्यान्सर अस्पतालमा ‘लिक्विड अक्सिजन’ प्लान्ट
-
फेरि पनि बालोन डी’ओरमा मेस्सी ? प्रदर्शनले यही भन्छ
-
देवेन्द्रराज पाण्डेको निधनप्रति गगन थापा– राष्ट्रले लोकतन्त्रको सजग पहरेदार गुमायो
-
लोकतान्त्रिक गणतन्त्र स्थापनामा नागरिक अगुवा पाण्डेको योगदान सदैव स्मरणीय रहनेछ : प्रचण्ड
-
बाढी र पहिरोले देशका विभिन्न राजमार्ग अवरुद्ध
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण