कर्णालीमा कोरोनाबाट ३ जनाको मृत्यु
शुक्रबार, ११ असार २०७८, १८ : ४१
कर्णाली प्रदेशमा शुक्रबार कोरोना भाइरस (कोभिड–१९) का कारण ३ जनाको मृत्यु भएको छ । मृत्यु हुनेमा २ जना सुर्खेत र १ जना मुगुका रहेका छन् । योसँगै कर्णालीमा कोरोनाबाट मृत्यु हुनेको संख्या ३०७ जना पुगेको छ । यस्तै आज थप ११० जना कोरोनाका नयाँ संक्रमित थपिएका छन् ।
स्वास्थ्य सेवा निर्देशनालयका अनुसार ५३ जनामा गरिएको आरटी–पीसिआर विधिको परीक्षणबाट २४ र ४३३ जनामा गरिएको एन्टिजेन विधिको परीक्षणबाट ८६ जनामा कोरोना भाइरस पुष्टि भएको हो । पछिल्लो समय आरटी–पीसिआर विधिभन्दा एन्टिजेन विधिको परीक्षणको दायर बढाइएको छ’ स्वास्थ्य निर्देशक डा.रविन खड्काले भने । यस्तै आज १२४ जनाले कोरोनालाई जितेर डिस्चार्ज भएका छन् । सक्रिय संक्रमितको संख्या प्रदेशभर १ हजार २३० मा झरेको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
फलफूलको गाडीमा लुकाएको ६५२ केजी गाँजा बरामद, ३ जना पक्राउ
-
शैक्षिक परामर्श क्षेत्रका समस्या र नीतिगत सुधारबारे सरोकारवालासँग छलफल गर्दै शिक्षा मन्त्रालय
-
निरंकुश राजतन्त्रबारे पुष्पलालको त्यो भविष्यवाणी– अन्तिम दीप–शिखा हो
-
पुष्पलालको राष्ट्रिय स्वाधीनतासम्बन्धी दृष्टि र आजको सन्दर्भ
-
यस्तो छ आजका लागि कृषिउपजको थोक मूल्य
-
उत्कृष्ट अभिनेता अभिनेत्री बन्दै दीपकराज र मिरूनाले जिते एक हजार डलर पुरस्कार
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण