कर्णालीमा कोरोनाबाट ३ जनाको मृत्यु
शुक्रबार, ११ असार २०७८, १८ : ४१

कर्णाली प्रदेशमा शुक्रबार कोरोना भाइरस (कोभिड–१९) का कारण ३ जनाको मृत्यु भएको छ । मृत्यु हुनेमा २ जना सुर्खेत र १ जना मुगुका रहेका छन् । योसँगै कर्णालीमा कोरोनाबाट मृत्यु हुनेको संख्या ३०७ जना पुगेको छ । यस्तै आज थप ११० जना कोरोनाका नयाँ संक्रमित थपिएका छन् ।
स्वास्थ्य सेवा निर्देशनालयका अनुसार ५३ जनामा गरिएको आरटी–पीसिआर विधिको परीक्षणबाट २४ र ४३३ जनामा गरिएको एन्टिजेन विधिको परीक्षणबाट ८६ जनामा कोरोना भाइरस पुष्टि भएको हो । पछिल्लो समय आरटी–पीसिआर विधिभन्दा एन्टिजेन विधिको परीक्षणको दायर बढाइएको छ’ स्वास्थ्य निर्देशक डा.रविन खड्काले भने । यस्तै आज १२४ जनाले कोरोनालाई जितेर डिस्चार्ज भएका छन् । सक्रिय संक्रमितको संख्या प्रदेशभर १ हजार २३० मा झरेको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
काठमाडौँ नजिकको साहसिक गन्तव्य ‘वनजङ्गल एडभेञ्चर’
-
एक सय ५७ वर्ष पुरानो नहर पक्की बनाइँदै
-
१२ बजे १२ समाचार: ओली र पूर्व राष्ट्रपति भण्डारीबिच भेटवार्ता, स्कटल्याण्डविरुद्ध नेपालको जित
-
नेपालले दुई विकेटको जित निकाल्दा मैदानमा देखियो यस्तो खुसी, तस्बिरहरू
-
चैते धानको उत्पादन बढ्दा, मूल्यमा गिरावट
-
स्कटल्याण्डविरुद्ध नेपालको जित