दुई दिनअघि बेपत्ता बालक मृत भेटिए
आइतबार, ०५ कात्तिक २०७४, २० : ३८
सिरहा– सिरहाको कर्जन्हा नगरपालिका २ बन्दीपुरबाट दुई दिनअघि हराएका बालक आइतबार बेलुका मृत भेटिएका छन् ।
स्थानीय कुसुम यादवका छोरा ११ वर्षीय अशेष यादवको शव घर नजिकैको कमला नहरको नर्सरीमा भेटिएको जिल्ला प्रहरी प्रमुख एसपी शेखर कोइरालाले जानकारी दिए ।
कात्तिक ३ गते घरैबाट बालक हराएपछि परिवारले प्रहरीमा उजुरी दिएका थिए । परिवारको उजुरीपछि खोजतलासको क्रममा प्रहरीले आइतबार बेलुका बालकको शव फेला पारेको हो । बालकको शनिवार हत्या भएको हुन सक्ने प्रहरीले जनाएको छ । घटनाबारे अनुसन्धान भइरहेको एसपी कोइरालाले बताए ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
बीमा सम्बन्धी कसुरमा मृदुला सरिया पक्राउ
-
पश्चिम एसियाको स्थिति ‘कल्पनाभन्दा बाहिर’ : महासचिव गुटेर्रेस
-
गर्मी बढ्दै जाँदा युरोपमा खडेरी गम्भीर
-
पोखरा र भैरहवा विमानस्थलः छुट छ, जहाज छैनन्
-
‘पुष्पलाल इतिहासका पानामा सीमित नाम होइनन्, राजनीतिक चेतनाको दियो हुन्’
-
मनसुनी वर्षाले निम्त्याएको बाढीका कारण ४१ जनाको मृत्यु
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण