चेक रिपब्लिक युरोकपको क्वाटरफाइनलमा प्रवेश, घर फर्कियो नेदरल्यान्डस्
चेक रिपब्लिक युरोपक २०२० को क्वाटरफाइनलमा प्रवेश गरेको छ । फ्रयाङ डि बोरको प्रशिक्षणमा रहेको नेदरल्यान्डस्लाई २–० ले पराजित गर्दै चेक रिपब्लिक क्वाटरफाइनलमा प्रवेश गरेको हो । आइतबार राति हंगेरीको बुडापेस्टस्थित पुस्कास एरिनामा सम्पन्न खेलमा खेलको ६८ औं र ८० औं मिनेटमा चेकले नेदरल्याड्सको पोस्टमा गोल हान्यो । चेकका लागि ६८ औं मिनेटमा तोमास र ८० औं मिनेटमा प्याट्रिक शिकले गोल गरे ।
उसो त खेलको ५५ औं मिनेटमा माथिज्स डी लिग्टले रातो कार्ड पाएपछि नेदरल्याण्डस् १० खेलाडीमा सीमित भएको थियो ।
बलियो टोली मानिएपनि आजको खेलमा नेदरल्याडस् अभागी सावित भयो । पछिल्लो प्रदर्शन नियाल्ने हो भने नेदरल्यान्डस्ले पछिल्ला ६ खेलमध्ये ५ खेल जितेको थियो भने १ खेलमात्रै बराबरी खेलेको थियो । समूह सीमा आफ्ना सबै खेल जित्दै विजेताका रुपमा नेदरल्यान्डस्ले अन्तिम १६ मा स्थान बनाएको थियो ।
यता, समूह चरणको खेलमा इङल्यान्डसँग चेक गणतन्त्र १–० ले पराजित भएको थियो । तर, त्यसअघि नै स्कटल्यान्डविरुद्धको विजय र क्रोयशियासँगको बराबरीका कारण चेकले अन्तिम १६ मा आफ्नो स्थान पक्का गरिसकेको थियो । चेकोस्लोभाकियाबाट चेक गणतन्त्र बनेयता यस टोली युरोमा अन्तिम १६ बाट कहिल्यै बाहिरिएको छैन ।
१९९६ मा चेक गणतन्त्र फाइनलमा पुगेको थियो, २००४ मा सेमिफाइनल पुगेको थियो भने २०१२ मा उसको यात्रा क्वाटरफाइनलमा टुंगिएको थियो ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
होल्डिङ सेन्टरमा रहेका ३६ वर्षीय दर्जीको मृत्यु, कुलमानले भने, ‘राज्यले जिम्मेवारी भुल्यो’
-
‘संगीत व्यावसायिक बन्दैछ, तैपनि कलाकारका दुःख सकिएनन्’
-
पाँचथरमा तीन सडक खण्ड ठप्प : कुन सडकको अवस्था कस्तो छ?
-
बजेटमा समेटिएका आयोजना निर्धारित समयभित्र सम्पन्न हुनुपर्छ : मन्त्री श्रेष्ठ
-
दुर्घटनामा परे हर्क साम्पाङ, स्वास्थ्य अवस्था सामान्य
-
हराएको सिमकार्डबाट मोबाइल बैंकिङ ह्याक, २४ लाख ठगी गर्ने दुई युवक पक्राउ
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण