बिहीबार, ०३ जेठ २०८१
ताजा लोकप्रिय

पौडेल र सिटौलालाई एक ठाउँमा ल्याउने सुजाताको प्रयास

सोमबार, १४ असार २०७८, २० : ४७
सोमबार, १४ असार २०७८

नेपाली काँग्रेसकी नेतृ सुजाता कोइरालाले वरिष्ठ नेता रामचन्द्र पौडेल र पूर्व महामन्त्री कृष्णप्रसाद सिटौला बेलाएर लन्च मिटिङ गरेकी छन् । सोमबार मण्डिखाटारस्थित कोइरालाको निवासमा पौडेल,  सिटौला र सुजाताबीच १४ औं महाधिवेशनका सन्दर्भमा छलफल भएको हो ।

पार्टीको १४ औं महाधिवेशन कसरी सफल बनाउने भन्नेबारे छलफल भएको सुजाताले रातोपाटीलाई बताइन् । उनले भनिन्, ‘हाम्रो आन्तरिक समस्या, क्रियाशील सदस्यता विवादका विषयमा मुख्य छलफल भएको हो ।’

उनले सभापति उम्मेदवारीबारे सहयोग माग्ने वा दिने विषयमा कुनै छलफल नभएको बताइन् । तर कोइरालाले मिलेर जाने विषयमा पौडेल र सिटौला एक ठाउँमा ल्याउनु राम्रो हुने बताइन् । आजको छलफल त्यसैको   प्रयास मात्र भएको उनको भनाइ छ ।

पार्टीभित्रका विभिन्न विषयमा छलफल भएको छ । हामी सबैमा एकता हुन अवश्यक छ । मिलेर जानुपर्यो । रामचन्द्र दाई र सिटौलाजी एक ठाउँमा आउने कुरा राम्रो हुन्छ । काँग्रेसमा १३ औं महाधिवेशनका उम्मेदवार पौडेल र सिटौलाबीच सुमधुर सम्बन्ध छैन ।

१३ औं महाधिवेशन चुनावी प्रक्रिया दोस्रो चरणमा प्रवेश गर्दा सिटौलाले शेरबहादुर देउवालाई सघाएपछि पौडेल पराजित भएका थिए । त्यसपछि सिटौलाले देउवासँगै पार्टीभित्र कार्यगत एकता गर्दै आएको पाइन्छ ।

१४ औं महाधिवेशनमा सिटौलाई संस्थापन इत्तर पक्षमै मिलाएर जानुपर्ने सुजाताको भनाइ छ ।  मण्डिखाटारस्थित पौडेल बाहिरिएपछि पनि सिटौला र सुजाताबीच लामो संवाद भएको थियो । काँग्रेसमा १४ औं महाधिवेशनको सरगर्मी बढेसँगै भेटघाटले पनि तीव्रता पाएको छ । 

पछिल्ला दिनमा उपसभापति विमलेन्द्र निधि, महामन्त्री शशांक कोइराला, पूर्व महामन्त्री शेखर कोइरालाबीच पनि छलफल भइरहेको छ । सभापति शेरबहादुर देउवाले पनि फेरि सभापतिमा दोहोरिने गरी गृहकार्य अगाडि बढाएको पाइन्छ ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप