पौडेल र सिटौलालाई एक ठाउँमा ल्याउने सुजाताको प्रयास
नेपाली काँग्रेसकी नेतृ सुजाता कोइरालाले वरिष्ठ नेता रामचन्द्र पौडेल र पूर्व महामन्त्री कृष्णप्रसाद सिटौला बेलाएर लन्च मिटिङ गरेकी छन् । सोमबार मण्डिखाटारस्थित कोइरालाको निवासमा पौडेल, सिटौला र सुजाताबीच १४ औं महाधिवेशनका सन्दर्भमा छलफल भएको हो ।
पार्टीको १४ औं महाधिवेशन कसरी सफल बनाउने भन्नेबारे छलफल भएको सुजाताले रातोपाटीलाई बताइन् । उनले भनिन्, ‘हाम्रो आन्तरिक समस्या, क्रियाशील सदस्यता विवादका विषयमा मुख्य छलफल भएको हो ।’
उनले सभापति उम्मेदवारीबारे सहयोग माग्ने वा दिने विषयमा कुनै छलफल नभएको बताइन् । तर कोइरालाले मिलेर जाने विषयमा पौडेल र सिटौला एक ठाउँमा ल्याउनु राम्रो हुने बताइन् । आजको छलफल त्यसैको प्रयास मात्र भएको उनको भनाइ छ ।
पार्टीभित्रका विभिन्न विषयमा छलफल भएको छ । हामी सबैमा एकता हुन अवश्यक छ । मिलेर जानुपर्यो । रामचन्द्र दाई र सिटौलाजी एक ठाउँमा आउने कुरा राम्रो हुन्छ । काँग्रेसमा १३ औं महाधिवेशनका उम्मेदवार पौडेल र सिटौलाबीच सुमधुर सम्बन्ध छैन ।
१३ औं महाधिवेशन चुनावी प्रक्रिया दोस्रो चरणमा प्रवेश गर्दा सिटौलाले शेरबहादुर देउवालाई सघाएपछि पौडेल पराजित भएका थिए । त्यसपछि सिटौलाले देउवासँगै पार्टीभित्र कार्यगत एकता गर्दै आएको पाइन्छ ।
१४ औं महाधिवेशनमा सिटौलाई संस्थापन इत्तर पक्षमै मिलाएर जानुपर्ने सुजाताको भनाइ छ । मण्डिखाटारस्थित पौडेल बाहिरिएपछि पनि सिटौला र सुजाताबीच लामो संवाद भएको थियो । काँग्रेसमा १४ औं महाधिवेशनको सरगर्मी बढेसँगै भेटघाटले पनि तीव्रता पाएको छ ।
पछिल्ला दिनमा उपसभापति विमलेन्द्र निधि, महामन्त्री शशांक कोइराला, पूर्व महामन्त्री शेखर कोइरालाबीच पनि छलफल भइरहेको छ । सभापति शेरबहादुर देउवाले पनि फेरि सभापतिमा दोहोरिने गरी गृहकार्य अगाडि बढाएको पाइन्छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
वातावरणमैत्री र हरित सडक निर्माणमा सडक विभागको जोड
-
प्रधानमन्त्रीलाई ‘राजदूत बनाइदिन’ म्यासेज गर्दा सचिव कृष्णहरि पुष्कर पक्राउ अनि रिहा
-
पत्रकार महासङ्घद्वारा जेठ २५ देखि असार ५ गतेसम्म दबाबमूलक आन्दोलन घोषणा
-
‘ध्यानबाट मानसिक शान्ति, तनाव व्यवस्थापन तथा सामाजिक सद्भाव प्रवर्द्धनमा सहयोग पुग्ने विश्वास’
-
‘रविसँग भारतले ‘समानान्तर कूटनीति’ प्रयोग गरेको हुन सक्छ’
-
सुर्खेत–जुम्ला सडकको दही खोलामा पुल निर्माणका लागि ठेक्का आह्वान
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण