ताप्लेजुङमा योगेश भट्टराईलाई ‘टक्कर’ दिने काँग्रेससँग कति छ मत ?
काठमाडौं– आइतबार पहिलो चरणमा हुने प्रत्यक्ष तर्फको निर्वाचनका लागि ३२ जिल्लामा विभिन्न दलका तर्फबाट प्रतिनिधी सभा र प्रदेश सभा निर्वाचनका लागि राजनीतिक दलका नेताहरुले उम्मेदवारी दर्ता गराएका छन् । हामीले स्थानीय तहको निर्वाचनमा राजनीतिक दलहरुले पाएको मतका आधारमा पहिलो चरणमा हुने जिल्लामा उनीहरुको उपस्थितिलाई आंकलन गरेका छौँ ।
मंसिर १० गते हुने निर्वाचनका लागि ताप्लेजुङ्मा प्रतिनिधी सभा निर्वाचनका लागि नेकपा एमाले र माओवादी केन्द्रको बाम गठबन्धनबाट एमाले नेता योगेश भट्टराई र नेपाली कांग्रेसका तर्फबाट केशब दाहाल प्रतिष्पर्धा गर्दैछन् ।
यहाँ स्थानीय तहको निर्वाचनमा बाम गठबन्धनको २४ हजार ९ सय १७ मत आएको थियो भने नेपाली कांग्रेसको १९ हजार ५ सय ७२ मत आएको थियो । यसआधारमा यहाँ नेपाली कांग्रेसको भन्दा बाम गठबन्धनको ५ हजार ३ सय ४५ मत बढी छ । ताप्लेजुङमा संघीय लोकतान्त्रिक राष्ट्रिय मञ्चको १२ सय ७ मत रहेको छ । यहाँ अन्य दलहरुको अवस्था भने नाजुक रहेको छ । यसआधारमा यहाँ बाम गठबन्धनको चुनौती सामना गर्न कांग्रेसलाई कठिन पर्नेछ ।
प्रतिनिधी सभा निर्वाचाका लागि एक क्षेत्र रहेको ताप्लेजुङमा ७८ हजार ४ सय ११ मतदाता रहेका छन् ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
अमेरिका–इरान शान्ति सम्झौतापछि कच्चा तेलको मूल्य घट्यो, एसियाली सेयर बजार स्थिर
-
विश्वकपमा मेस्सी, एम्बाप्पे र हालान्डको जादु, तर रोनाल्डो किन चुके ?
-
विपन्न बस्तीमा सुरक्षित पक्की घर बन्न थाले
-
ग्रामीण सडक स्तरोन्नति गर्न सय दिनको रोजगारी
-
कोलम्बियाको सानदार सुरुआत, उज्बेकिस्तान ३–१ ले पराजित
-
कूटनीतिक परिपक्वताको संकेत : परराष्ट्रमन्त्रीको बेइजिङ भ्रमणले कोरेको ‘प्रो-नेपाली’ मार्गचित्र
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण