बस्ती हटेपछि यस्तो देखियाे काठमाडौँ उपत्यकाकाे सुकुमबासी क्षेत्र (तस्बिरहरू)
सारांश
- सरकारले वैशाख १२ गतेदेखि काठमाडौँ उपत्यकाका नदी किनार र सार्वजनिक जग्गामा रहेका सुकुमबासी बस्ती हटाउने काम पूर्णता पाएको छ ।
- मनहरा, गैरीगाउँ, बल्खु, टेकु, बालाजु लगायतका क्षेत्रका अव्यवस्थित बस्ती हटाइएका छन् र ती स्थानहरू अहिले खुला तथा खाली देखिएका छन् ।
- खाली भएका क्षेत्रको संरक्षण, हरियाली प्रवर्द्धन, नदी किनार व्यवस्थापन र पुनः अतिक्रमण रोक्न तारबार, वृक्षारोपण, पैदलमार्ग निर्माण तथा निगरानीको व्यवस्था कडा पारिएको छ ।
काठमाडौँ । सरकारले वैशाख १२ गतेदेखि सुरु गरेको काठमाडौँ उपत्यकाका विभिन्न नदी किनार तथा सार्वजनिक जग्गामा रहेका सुकुमबासी बस्ती हटाउने काम काठमाडौँ उपत्यका हकमा पूर्णता पाएको छ ।
यस क्रममा मनोहरा, गैरीगाउँ, बल्खु, टेकु, बालाजु लगायतका क्षेत्रमा रहेका अव्यवस्थित बस्तीहरू हटाइसकिएको छ । बस्ती हटाइएका स्थानहरू अहिले पूर्ण रूपमा खुला र खाली देखिएका छन्। वर्षौंदेखि अतिक्रमणमा परेका नदी किनार र सार्वजनिक उपयोगका जग्गा खाली भएपछि ती क्षेत्रको स्वरूप समेत परिवर्तन भएको छ ।
बागमती तथा यसका सहायक नदी किनारको संरक्षण, वातावरणीय सुधार तथा सहरी व्यवस्थापनलाई प्राथमिकतामा राख्दै सम्बन्धित निकायहरूले खाली भएका स्थानहरूको संरक्षण तथा व्यवस्थापनका लागि विभिन्न काम अघि बढाएका छन्।
_e8puct3LVK.jpg)
अधिकार सम्पन्न बागमती सभ्यता एकीकृत विकास समिति, काठमाडौँ उपत्यका विकास प्राधिकरण तथा काठमाडौँ महानगरपालिकाले संयुक्त रूपमा खाली भएका क्षेत्रको संरक्षण, हरियाली प्रवर्द्धन, नदी किनार व्यवस्थापन तथा पुनः अतिक्रमण हुन नदिने उद्देश्यले आवश्यक संरचना निर्माण तथा निगरानीका कार्यहरू सञ्चालन गरिरहेका छन्।
_avFlInEHK3.jpg)
नदी किनार तथा सार्वजनिक जग्गाको दीर्घकालीन संरक्षणका लागि तारबार, वृक्षारोपण, पैदलमार्ग निर्माण, सौन्दर्यीकरण तथा नियमित अनुगमनका कार्यक्रमहरू कार्यान्वयनमा ल्याइएको छ। साथै खाली गरिएका क्षेत्रमा पुनः अवैध बसोबास हुन नदिन सुरक्षा तथा निगरानी व्यवस्था पनि कडा बनाइएको जनाइएको छ।
_IIBRSBaHjz.jpg)
सरकारी निकायहरूले नदी प्रणालीको संरक्षण, वातावरणीय सन्तुलन कायम गर्ने तथा सार्वजनिक सम्पत्तिको उचित उपयोग सुनिश्चित गर्ने उद्देश्यले अभियानलाई निरन्तरता दिने बताएका छन्। खाली भएका क्षेत्रलाई व्यवस्थित सार्वजनिक उपयोगमा ल्याउने र उपत्यकाको सहरी वातावरण सुधार गर्ने लक्ष्यका साथ सम्बन्धित निकायहरू सक्रिय रूपमा काम गरिरहेको जनाइएको छ।
_1cv7Hb2Gu2.jpg)
_BJVDAEI8yq.jpg)
_Md2swmAwCB.jpg)
_l0o9eVVFOk.jpg)
_77TqMTCm1B.jpg)
_fixLhLnc2U.jpg)
_OYHDcIhrkk.jpg)
_MYw7laFyiW.jpg)
_5fOnyGOU76.jpg)
_ozhfzF3cXa.jpg)
_BKUuDEiuzN.jpg)
_8yPOfO3yIW.jpg)
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरण बैठक जारी
-
अस्ट्रेलियाली स्पिनरहरूको रेकर्ड : पहिलो टी–२० मा बङ्गलादेश ४ विकेटले पराजित
-
अब एप्पलले पनि आफ्ना उत्पादनको मूल्य बढाउने
-
भैँसी र बाख्रा पाल्ने किसानलाई अनुदान
-
झापामा सडक दुर्घटनाको ‘ग्राफ’ निरन्तर उकालो
-
ट्रम्प र मोदीबिच भेटवार्ता, अमेरिकी राष्ट्रपति भारत भ्रमणमा आउने
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण