जबरजस्ती बिहे गराएर फरार रहेका व्यक्ति पक्राउ
बुधबार, ०३ असार २०८३, २२ : ०९
सारांश
- सप्तरीमा एक युवकको इच्छाविपरीत जबरजस्ती विवाह गराएको आरोपमा मनोज ठाकुर पक्राउ परेका छन्।
- प्रहरीका अनुसार सुरुङ्गा नगरपालिका–९ निवासी ठाकुरले २०८२ साउन ३१ गते सरस्वती मन्दिरमा नागेन्द्र यादवको मञ्जुरीविपरीत प्रियंका कुमारी यादवसँग जबरजस्ती विवाह गराएका थिए।
- घटनापछि फरार रहेका ठाकुरलाई प्रहरीले खोजतलास गरी पक्राउ गरेको छ र यस विषयमा थप अनुसन्धान भइरहेको छ।
सप्तरी । सप्तरीमा युवाको इच्छा र मञ्जुरीविपरीत जबरजस्ती विवाह गराएको आरोपमा एक जना पक्राउ परेका छन्। जिल्ला प्रहरी कार्यालय सप्तरीका अनुसार सुरुङ्गा नगरपालिका–९ निवासी २४ वर्षीय मनोज ठाकुरलाई मञ्जुरीविना विवाह गराएको कसुरमा पक्राउ गरिएको हो।
प्रहरीका अनुसार २०८२ साउन ३१ गते सुरुङ्गा–९ स्थित केशव स्मारक जनता माध्यमिक विद्यालय परिसरको सरस्वती मन्दिरमा नागेन्द्र यादवको इच्छा तथा मञ्जुरीविपरीत सुरुङ्गा–१० निवासी २२ वर्षीया प्रियंका कुमारी यादवसँग जबरजस्ती विवाह गराइएको थियो।
घटनापछि फरार रहेका ठाकुरलाई खोजतलासका क्रममा सुरुङ्गा–९ बाट पक्राउ गरिएको प्रहरीले जनाएको छ। पीडित नागेन्द्र यादवको जाहेरीका आधारमा मुद्दा दर्ता गरी जिल्ला अदालत सप्तरी बुधबारबाट म्याद थप अनुमति लिएर थप अनुसन्धान भइरहेको प्रहरीको भनाइ छ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
पोर्चुगल र कङ्गोबिचको रोमाञ्चक खेल बराबरीमा समाप्त
-
नारायणगढ–मुग्लिन सडक खण्डमा यातायात सञ्चालनमा
-
परराष्ट्र मन्त्रालयले भन्यो–परराष्ट्रमन्त्रीको चीन भ्रमण द्विपक्षीय सम्बन्ध थप विस्तारमा फलदायी भयो
-
१२ बजे १२ समाचार: साउदीको सीप परीक्षणमा विवाद, दिपक भट्ट र सुलभ अग्रवाल पुर्पक्षका लागि थुनामा
-
पहिलो हाफको अन्तिम समयमा गोल गर्दै कंगो खेलमा फर्कियो
-
अमेरिका–इरान सम्झौता: होर्मुज ६० दिनसम्म महसुलमुक्त रहने
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण