कोरोना संक्रमणबाट कर्णालीमा थप २ जनाको मृत्यु
बुधबार, १६ असार २०७८, १९ : ५०

कर्णाली प्रदेशमा आज कोरोना भाइरस (कोभिड–१९)को संक्रमणबाट थप २ जनाको मृत्यु भएको छ । आज मृत्यु हुनेमा सुर्खेत र रुकुम पश्चिमका १÷१ जना रहेका छन् । योसँगै कर्णालीमा कोरोनाबाट मृत्यु हुनेको संख्या ३२९ पुगेको छ ।
यस्तै आज थप ७८ जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ । ९५ जनामा गरिएको आरटी–पीसिआर परीक्षणबाट ३७ र १९३ जनामा गरिएको एन्टिजेन विधिबाट गरिएको परीक्षणबाट ४१ जनामा कोरोना पुष्टि भएको हो ।
आज प्रदेशभर कोरोना जितेर डिस्चार्ज हुनेको संख्या ३५ रहेको स्वास्थ्य सेवा निर्देशनालयले जानकारी दिएको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
एक सय ५७ वर्ष पुरानो नहर पक्की बनाइँदै
-
१२ बजे १२ समाचार: ओली र पूर्व राष्ट्रपति भण्डारीबिच भेटवार्ता, स्कटल्याण्डविरुद्ध नेपालको जित
-
नेपालले दुई विकेटको जित निकाल्दा मैदानमा देखियो यस्तो खुसी, तस्बिरहरू
-
चैते धानको उत्पादन बढ्दा, मूल्यमा गिरावट
-
स्कटल्याण्डविरुद्ध नेपालको जित
-
सरकारले संविधान संशोधनमा ढिलाइ गर्नुहुँदैन: प्रवक्ता डा. महत