के यी व्यक्तिसँगको प्रेमका कारण कोरियोग्राफर गीता कपूरले आजसम्म गरिनन् विवाह ?
बलिउडकी चर्चित कोरियोग्राफर गीता कपुर आजकाल टिभीमा सुपर डान्सर च्याप्टर ४ की निर्णायक हुन् । उनलाई यो क्षेत्रमा थुप्रैले गीता माँको नामले चिन्छन् । गीता कपूरलाई ‘माँ’ को नाम उनका विद्यार्थीले दिएका हुन् । यसकारण उनी हरेक स्थानमा यो नामले चर्चित छिन् । पछिल्ला केही दिनमा गीता माँले सोसल मिडियामा आफ्ना केही तस्बिर सेयर गरेकी थिइन् जसमा उनले सिउँदोमा सिन्दुर लगाएकी थिइन् । यसैकारण उनी निकै चर्चामा आएकी थिइन् । तर उनले सुटिङका लागि मात्रै यसो गरेकी थिइन् ।
गीताको एक व्यक्तिसँग प्रेम थियो पनि भनिन्छ । भारतीय सञ्चार माध्यमका अनुसार गीताले यी व्यक्तिसँग अत्यधिक तस्बिर पनि सेयर गरेकी थिइन् । यी दुबै निकै आनन्दले बसिरहेको तस्बिर पनि गीताले आफ्नो सोसल मिडियामा सेयर गर्ने गर्थिन् । यो जोडीलाई धेरैले माया पनि गर्दथे ।
यी तस्बिरमा गीतासँगै देखिने यी व्यक्तिको नाम राजिव खिंची हो । राजिव र गीता एक अर्काका निकै मिल्ने साथी हुन् । राजिव एक मोडल हुन् जो पछिल्लो थुप्रै वर्षदेखि मनोरञ्जन जगतमा काम गरिरहेका छन् । गीता र राजिवको सम्बन्धबारे मिडियामा चर्चा नहुने गरेको पनि होइन । गीताले पनि आफूहरु निकै मिल्ने साथी मात्रै भएको बताउँदै आफूहरु सम्बन्धमा नरहेको स्पष्ट पार्ने गर्थिन् ।
गीतालाई थुप्रै पटक राजीवसँग निकै सहज तरिकाले देखिएपछि यी दुईको सम्बन्धबारे चर्चा हुन थालेको थियो । गीता उनीसँग निकै रमाइलो पनि गर्दथिन् । यी दुईलाई धेरैजसो सँगै नै देखिन्थ्यो ।
स्मरण रहोस्, राजिव र गीताले आफ्नो करियर सँगै सुरु गरेका थिए । यसैकारण यी दुईबीच राम्रो दोस्ती पनि भयो । कतिले त राजीवसँगको प्रेमका कारण गीताले आजसम्म विवाह नगरेको दाबी गर्ने गर्छन् ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
बार्सिलोनाबाट अन्सु फातीको स्थायी बिदाइः ११ मिलियन युरोमा मोनाकोमा अनुबन्ध
-
सशक्त फ्रान्सविरुद्ध संयमित स्वीडेन
-
मेसी–रोनाल्डो युगपछि विश्वकपमा चम्किँदै नयाँ पुस्ता
-
हाल्यान्डको निर्णायक गोल, आइभरी कोस्टलाई हराउँदै नर्वे अन्तिम १६ मा
-
हाल्यान्डको गोलमा नर्वेलाई २–१ को अग्रता
-
आइभरी कोस्टले फर्कायो गोल, खेल थप रोमाञ्चक
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण