विश्व बैंकले नेपाललाई १२ अर्ब ऋण सहायता दिने
शुक्रबार, २५ असार २०७८, १४ : ०१
विश्व बैंकले नेपाललाई १० करोड अमेरिकी डलर अर्थात् १२ अर्ब रुपैयाँ बराबरको ऋण सहायता दिने भएको छ । मुलुकको शिक्षा र स्वास्थ्य क्षेत्रको विकासका लागि आवश्यक स्रोत व्यवस्थापनमा बैंकले यस्तो सहायता दिने भएको हो ।
शुक्रबार बसेको बैठकले नेपालको शिक्षा र स्वास्थ्य क्षेत्रको सुधारका लागि समान ५/५ करोड ऋण सहायता दिने निर्णय गरेको हो ।
यो सहायताले बालबालिकालाई विद्यालय फर्काउन, गुणस्तरीय र उत्तरदायी स्वास्थ्य सेवा प्रदान गर्नका साथै सरकारको क्षमता अभिवृद्धिमा समेत सघाउ पुग्ने नेपालस्थित विश्व बैंकको कार्यालयले विश्वास व्यक्त गरेको छ । कोरोना महामारीबाट प्रभावित क्षेत्रलाई माथि उकास्नसमेत यो सहायता महत्वपूर्ण हुने बताउँदै बैंकले स्वास्थ्य क्षेत्र रणनीतिको कार्यान्वयनमा समेत सहयोग पुग्ने बताएको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
आफ्नै एयरलाइन्स कम्पनी खोल्दैछन् भारतीय अर्बपति गौतम अदानी
-
कैलालीमा सङ्गठित तथा आर्थिक अपराधसम्बन्धी घटना धेरै
-
लागुऔषधसहित ४ जना पक्राउ
-
गर्मीबाट बच्न जापानी कम्पनीले ल्यायो मानव फ्रिज
-
ज्येष्ठ नागरिकको हेरचाह र अधिकारका लागि अलग्गै संरचना बनाउनुपर्छ : न्यायाधीश फुयाँल
-
‘मरुभूमिको जहाज’ जलवायु परिवर्तनको मारमा
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण