७ महिनामै उपत्यका हेर्ने प्रहरीका कमाण्डर फेरिए
शुक्रबार, २५ असार २०७८, २१ : ०३
मन्त्रिपरिषद्ले प्रहरीका अतिरिक्त महानिरीक्षक (एआईजी)हरुको सरुवा गरेको छ । बिहिबार बसेको मन्त्रिपरिषद्को बैठकले ४ जना एआईजीहरुको सरुवा, एकजनाको बढुवा र पदस्थापन गरेको हो ।
काठमाडौं उपत्यकाको कमाण्ड गर्ने महानगरीय प्रहरी कार्यालयका एआईजी हरिबहादुर पालको ७ महिनामै सरुवा भएको छ ।
महानगरीय प्रहरी कायालय, रानीपोखरीबाट उनलाई प्रहरी प्रधान कार्यालयको कार्य विभागमा सरुवा गरिएको छ । महानगरीय प्रहरी कार्यालयमा प्रधुम्न कार्कीलाई ल्याइएको छ । एआईजी पाल ०७७ मंसिर २५ मा उपत्यकाको प्रहरी प्रमुख बनेका थिए ।
भर्खरै बढुवा भएका एआईजी सह कुलबहादुर थापालाई मानव श्रोत तथा प्रशासन विभागमा पदस्थापन गरिएको छ । निरजबहादुर शाहीलाई अपराध अनुसन्धान विभाग र विश्वराज पोखरेललाई प्रहरी प्रशिक्षण प्रतिष्ठानमा सरुवा गरिएको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
भारत भ्रमणमा मालदिभ्सका विदेश मन्त्री, सुध्रिएला सम्बन्ध ?
-
कोशी प्रदेशको मुख्यमन्त्रीमा कार्की नियुक्त, आजै शपथ
-
पाकिस्तानको ग्वादरमा आतङ्कवादी हमला, सात मजदुरको मृत्यु
-
कोशीको मुख्यमन्त्री नियुक्तिका लागि ५२ जनाकै सनाखत
-
लन्डन आएर पनि ह्यारीले राजा चार्ल्सलाई नभेट्ने
-
सहकारी समस्या समाधानका विषयमा हामी प्रष्ट छौँ : प्रमुख सचेतक पाण्डे