७ महिनामै उपत्यका हेर्ने प्रहरीका कमाण्डर फेरिए
शुक्रबार, २५ असार २०७८, २१ : ०३
मन्त्रिपरिषद्ले प्रहरीका अतिरिक्त महानिरीक्षक (एआईजी)हरुको सरुवा गरेको छ । बिहिबार बसेको मन्त्रिपरिषद्को बैठकले ४ जना एआईजीहरुको सरुवा, एकजनाको बढुवा र पदस्थापन गरेको हो ।
काठमाडौं उपत्यकाको कमाण्ड गर्ने महानगरीय प्रहरी कार्यालयका एआईजी हरिबहादुर पालको ७ महिनामै सरुवा भएको छ ।
महानगरीय प्रहरी कायालय, रानीपोखरीबाट उनलाई प्रहरी प्रधान कार्यालयको कार्य विभागमा सरुवा गरिएको छ । महानगरीय प्रहरी कार्यालयमा प्रधुम्न कार्कीलाई ल्याइएको छ । एआईजी पाल ०७७ मंसिर २५ मा उपत्यकाको प्रहरी प्रमुख बनेका थिए ।
भर्खरै बढुवा भएका एआईजी सह कुलबहादुर थापालाई मानव श्रोत तथा प्रशासन विभागमा पदस्थापन गरिएको छ । निरजबहादुर शाहीलाई अपराध अनुसन्धान विभाग र विश्वराज पोखरेललाई प्रहरी प्रशिक्षण प्रतिष्ठानमा सरुवा गरिएको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
चलचित्र क्षेत्रलाई उद्योगको मान्यता दिने विषयमा छलफल
-
भन्सार छलेर ल्याइएका लत्ताकपडा बरामद
-
‘रेड सी’ मा हुथी समूहले इन्धन ट्याङ्करमाथि गरेको आक्रमणको इयूद्वारा निन्दा
-
पूर्वाधार न्यायाधीकरणसम्बन्धी विधेयकलाई अन्तिम रूप दिइँदै
-
नेपाल र सिचुआन प्रान्तबिच संस्कृति र पर्यटन प्रवर्द्धन गरिने
-
विश्वविद्यालयमा प्राज्ञिक स्वायत्तता बढाउँदै दलीय भागबण्डा अन्त्य गर्न मन्त्री पोखरेलको आग्रह
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण